पोखरा । आधिकारिक र सुरक्षा स्रोतहरूकाअनुसार दक्षिणी लेबनानको विस्तृत क्षेत्रहरूलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु भएको छ ।
साथै ११ जना घाइते भएको बताइएको छ ।
लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रको एक विज्ञप्तिमा दक्षिणी शहर नाबातीहको एक अपार्टमेन्टमा इजरायली हवाई आक्रमणमा एक महिलाको मृत्यु र अन्य ११ जना घाइते भएको पुष्टि गरिएको छ ।
लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीका अनुसार गत नोभेम्बरमा शत्रुता समाप्त गर्ने युद्धविराम सम्झौता पछि यो नाबातीहमा दोस्रो ठूलो इजरायली आक्रमण हो ।
अन्तिम ठूलो हमला मे महिनामा भएको थियो ।






