पोखरा । नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । रोल… राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो माग राख्नुभएको हो ।
उहाँले नेपालमा मलको माग ११ देखि १३ मेट्रिक टनसम्म भएपनि सरकारले चार मेट्रिक टन मात्र आयात गर्न सकेको उल्लेख गर्नुभयो ।
उहाँले किसानलाई धान रोप्ने समयमा मलको आपूर्ति गर्न सरकार गम्भिर बन्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो वर्ष पनि किसानलाई प्रयाप्त मात्रामा मल छैन । नेपालमा मलको माग ११ लाखदेखि १३ लाख मेट्रिक टन छ । तर सरकारले जम्मा चार लाख मेट्रिक टन मल मात्र आयात गर्न सकेको छ । त्यसकारण म मलको आपुर्ति तुरुन्त गरियोस् म अध्यक्षज्युमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
धान रोप्ने समयमा किसानलाई पर्याप्त मात्रामा मल उत्पादन गर्न नसके धान उत्पादनमा ह्रास आउने भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नुभयो ।






