• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिद्वारा नेपाल औषधि लिमिटेडको अनुगमन

नीतिप्रेस by नीतिप्रेस
July 3, 2025
in समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ ।

औषधि उत्पादनको अवस्था, लिमिटेडले भोगिरहेको समस्या तथा औषधि आपूर्ति लगायतको विषयमा अध्ययन र शोधपुछका लागि प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले लिमिटेको स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा समिति सभापति अब्दुल खानले नेपाल औषधि लिमिटेडले देशभरलाई पुग्ने औषधि उत्पादन गर्नसक्ने भएपनि सरकारी कार्यालयहरुले नै औषधि खरिद नगर्दा समस्या भएको लिमिटेडले बताएको जानकारी दिनुभयो ।

आवश्यक कच्चा पदार्थ आयातमा समस्या, आर्थिक स्रोतको अभाव र सरकारी निकायबाट औषधि खरिदको व्यवस्था नहुँदा उत्पादन सीमित भएको र हाल ११ प्रकारका औषधि मात्र उत्पादन गरिरहेको जानकारी गराइएको उहाँको भनाइ छ ।

लिमिटेडमा पर्याप्त जनशक्ति, प्रविधि र पूर्वाधार हुँदाहुँदै पनि नीतिगत समस्या तथा सरकारको उपेक्षाको कारण समस्या भएको बताइएको छ ।

समिति सभापति खानले भन्नुभयो, ‘जनताले प्रत्यक्ष रुपमा हामीले औषधि पाइरहेका छैनौं भनेर समितिमा उजुरी गरिसकेपछि हामी नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाले किन औषधि आपुर्ति गर्न सकिरहेको छैन भनेर अनगुमनमा आएका हौँ । अर्को कुरा, हामी लिमिटेडको समस्याको बारेमा जान्नको लागि पनि यहाँ अनुगमनमा आएका हौँ । हामीले औषधि लिमिटेडले भोगिरहेको समस्याको बारेमा पनि जानकारी लिन अनुगमनमा आएका हौँ । उहाँहरुको भनाइअनुसार सरकारले नेपाल औषधि लिमिटेडले नेपालभरीलाई पुग्ने औषधि उत्पादन गर्न सक्ने भएपनि सरकारले किन्न मानिरहेको छैन । बरु निजी कम्पनीबाट किनेर सरकारी संस्थामा औषधि वितरण गरिरहेको हुन्छ । सरकारी कार्यालयहरुबाट औषधि किन्ने व्यवस्था नहुनु नै मुख्य कारण भएको बताउनु भयो । अर्को कारण, जनशक्ति, प्रविधि र भौतिक संरचनाको व्यवस्था हुँदाहुँदै पनि कच्चापदार्थ ल्याउन नसक्दा ११ किसिमको औषधि मात्रै बनाइरहेका छौँ । कच्चा पदार्थको आयातमा सहजता र आर्थिक स्रोतको व्यवस्थापन गरिदियो भने हामी ९८ प्रकारका औषधि उत्पादन गर्न सक्छौं भन्ने कुरा गर्नुभयो ।’

औषधि लिमिटेडको समस्याको बारेमा समितिमा छलफल गरेर सरकारलाई आवश्यक सुझाव दिने उहाँको भनाइ छ ।

Previous Post

आगामी असोज १ र २ गते इप्पानले पावर समिट, २०२५ आयोजना गर्ने

Next Post

एन्फा यु १६ युथ लिगमा ९१ खेल, थ्री स्टारको सहभागिता नहुने

Next Post

एन्फा यु १६ युथ लिगमा ९१ खेल, थ्री स्टारको सहभागिता नहुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन