• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एन्फा यु १६ युथ लिगमा ९१ खेल, थ्री स्टारको सहभागिता नहुने

नीतिप्रेस by नीतिप्रेस
July 3, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । किशोर फुटबलरको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एन्फा यु–१६ युथ लिग शुक्रवारबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुक्रबारदेखि एन्फा यु–१६ युथ लिग सुरु हुँदै छ ।

किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यअनुरूप सुरु गरिएको युथ लिगमा शिर्ष डिभिजनका कुल १४ क्लबको सहभागिता रहने भएको छ । एन्फाले बिहीबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन आयोजना गर्दै यस युथ लिगको तयारी पूरा भएको जानकारी दिएको हो ।

लिगका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् । तर आवश्यकताअनुरूप केही खेलहरू दशरथ रंगशालामा पनि गरिने एन्फाले जनाएको छ ।  एन्फाका प्रवक्ता सुरेश शाहले युथ डेपलभमेन्टका लागि यो प्रतियोगिता महत्वपूर्ण रहेकाले यसलाई व्यवस्थित रूपले सञ्चालनका गर्ने बताए । किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको यु–१६ युथ लिग तेस्रो संस्करण हो ।

यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शीर्ष डिभिजनमा उक्लिएका दुई क्लव प्लानिङ ब्वाइज र श्रीभगवतीले यस युथ लिगमा प्रतिष्पर्धा जनाउने भएका छन् ।

थ्री स्टारमाथि भने कारबाही भएसँगै रेलिगेसन परेपछि यो क्लबले भने युथ लिगमा सहभागिता जनाउन नपाउने भएको छ । उसका सट्टामा सशस्त्र प्रहरी बल एपिएफको टोलीले एन्फा यु–१६ युथ लिगमा प्रतिस्पर्धा गर्ने एन्फाको प्रतियोगिता डाइरेक्टर सञ्जीव मिश्रले जानकारी दिए ।

यसबाहेक त्रिभूवन आर्मी क्लव, संकटा, नेपाल पुलिस, फ्रेन्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल युथ, सातदोबाटो युथ, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी छन् । हरेक टोलीलाई तीन लाख ५० हजार रूपैयाँ तयारी खर्च दिएको एन्फाका प्रवक्ता शाहले जनाएको छ ।

यो फिफा ट्यालेन्ट डेभलपमेन्ट स्किमअन्तर्गत यो लिग हुन लागेको हो । लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । तर, पुरस्कार रकम कम भए पनि एन्फाले यसको तयारी खर्च एक करोड दुई लाख ३६ हजार ३३० रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

एन्फाका प्रवक्ता शाहले यो डेभलपमेन्ट कार्यक्रम भएकाले धेरै पुरस्कार नराखिएको बताए । यो प्रतियोगिताको मुख्य उद्देश्य नै युथ फुटबल विकास गर्नु रहेको उनको भनाइ छ । साथै यसै कार्यक्रममार्पत दक्ष निर्णायकहरू उत्पादन गर्न पनि मद्दत मिल्ने एन्फाको विश्वास छ ।

विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । शुक्रबार पहिलो दिनको खेलमा श्रीभगवती र मनाङ मस्र्याङ्दी तथा आर्मी र हिमालयन शेर्पा खेल्ने भएका छन् ।

कुल ९१ वटा खेल हुने यस युथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन् ।

Previous Post

औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिद्वारा नेपाल औषधि लिमिटेडको अनुगमन

Next Post

स्पेनी प्रधानमन्त्रीद्वारा बलियो बहुपक्षीय व्यापार विस्तारका लागि आह्वान

Next Post

स्पेनी प्रधानमन्त्रीद्वारा बलियो बहुपक्षीय व्यापार विस्तारका लागि आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन