पोखरा । डेनमार्कले बिहीवार आधिकारिक रूपमा युरोपेली संघ परिषद्को आलोपालो अध्यक्षता ग्रहण गरेको छ ।
युरोपेली आयोग र युरोपेली परिषद्का नेताहरूको भ्रमण र डेनमार्कको दोस्रो ठूलो शहर आरहसमा आधिकारिक उद्घाटन समारोहका साथ डेनमार्कले अध्यक्षता ग्रहण गरेको हो ।
उद्घाटन कार्यक्रममा डेनिस प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले डेनमार्कले अझ शक्तिशाली र निर्णायक युरोप निर्माण गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उद्घाटन समारोहमा उपस्थित युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको इयु सदस्यता आकांक्षाको महत्वलाई जोड दिनुभयो ।
युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले पनि युक्रेनको सदस्यता प्रक्रियाप्रति इयुको प्रतिवद्धता दोहो¥याउनु भयो ।
युरोपेली संघको परिषद्को डेनमार्कको अध्यक्षता २०२५ को अन्त्यसम्म चल्नेछ ।






