• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

यु १६ युथ लिगमा मनाङ मस्र्याङ्दीको विजयी शुरूवात

नीतिप्रेस by नीतिप्रेस
July 4, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । मनाङ मस्र्याङ्दीले श्रीभगवती क्लवलाई हराउककंदै एन्फा यु १६ युथ लिगमा विजय शुरूवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको उद्घाटन खेलमा मनाङले श्रीभगवतीलाई २–१ ले हराउककंदै सुखद् शुरूवात गरेको हो ।

खेलको अन्तिम तीन मिनेट समालिन नसक्दा श्रीभगवतीले हार सामना ग¥यो ।

मनाङको जितमा रोहन थापामगर र विवेक मगरले गोल गरे ।

श्रीभगवतीका लागि सरून महतो गोल फर्काए पनि हार टार्न सकेनन् ।

रोहन खेलको प्लेयर अफ दी म्याच घोषित भए ।

रोहनले खेलको ४० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

यससँगै पहिलो हाफमा मनाङ १–० ले अगाडि रह्यो । ५८ औं मिनेटमा सरूनले गोल फर्काउककंदै श्रीभगवतलाई बराबरीमा ल्याए । तर अन्तिम समयमा भने समालिन सकेन ।

८७औं मिनेटमा विवेक गोल गर्दै मनाङलाई २–१ को जित दिलाए । त्यसअघि यस प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्य र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले गरेका थिए ।

किशोर फुटबलरको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एन्फाले एन्फा यु–१६ युथ लिगको सुरूआत गरेको हो ।

किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यअनुरूप शुरु गरिएको युथ लिगमा शिर्ष डिभिजनका कुल १४ क्लवले प्रतिष्पर्धा गर्दैछन् ।

यु १६ युथ लिग तेस्रो संस्करण हो । यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शिर्ष डिभिजनमा उक्लिएका दुई क्लव प्लानिङ ब्वाइज र श्रीभगवतीले यस युथ लिगमा प्रतिष्पर्धा गरेका छन् । थ्री स्टारमाथि भने कारबाही भएसँगै रेलिगेसन परेपछि यो क्लवले भने युथ लिगमा सहभागिता जनाउन पाएन । उसका सट्टामा सशस्त्र प्रहरी बल एपिएफको टोलीले एन्फा यु–१६ युथ लिगमा प्रतिष्पर्धा गरेको छ ।

यसबाहेक त्रिभूवन आर्मी क्लव, संकटा, नेपाल पुलिस, फ्रेन्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल युथ, सातदोबाटो युथ, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी छन् । लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् ।

विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

कुल ९१ वटा खेल हुने यस युथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन् ।

Previous Post

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

Next Post

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमण पूरुा गरी स्वदेश फर्किनुभएको छ ।

Next Post

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमण पूरुा गरी स्वदेश फर्किनुभएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन