पोखरा । शुक्रवार साँझ प्रधानमन्त्री ओली त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो ।
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन जानुभएका प्रधानमन्त्री ओली शुक्रवार कतारको दोहा हुँदै स्वदेश फर्किनुभयो ।
६ दिने स्पेन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबिच भेटवार्ता गर्नुभयो ।
स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबिच पनि दुई पक्षीय भेटवार्ता भएको थियो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली असार १४ गते शनिवार स्पेन प्रस्थान गर्नुभएको थियो ।






