• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रसुवा बाढीः ३० जनाको हेलिकोप्टरमार्फत सफल उद्धार गरिएको गृह मन्त्रालयको दाबी

नीतिप्रेस by नीतिप्रेस
July 9, 2025
in घटना, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका कार्यहरुलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभएको छ ।


प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । विपद्मा परेका नागरिकको उद्धार मात्र नभई संसट परेको बेलापनि सरकार नागरिकसँगै छ भन्ने आशाको सञ्चार गराउन सफल भएको उहाँको दाबी छ । गृहमन्त्री लेखकले रसुवा बाढीमा फसेका ३० जनाको हेलिकोप्टरमार्फत सफलतापूर्वक उद्धार गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार नेपाल–चीन सीमा क्षेत्रबाट चार जना भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई समेत हेलिकोप्टरको सहायताबाट समयमै उद्धार गरिएको छ । त्यस्तै उहाँले रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका दुई जना प्रहरी र सात जना स्थानीयवासी गरी ९ जनाको स्थलगत उद्धार गरिएको छ ।  संयुक्त सुरक्षाकर्मीको टोलीले जोखिमपूर्ण स्थितिमा उद्धार कार्य सम्पन्न उहाँको भनाइ छ । गृहमन्त्री लेखकले रसुवागढी जलविद्युत आयोजनाको ड्याम साइडमा फसेका एक चिनियाँ नागरिक, १५ जना नेपाली पुरुष र दुई जना महिला गरी १८ जनाको स्थलगत उद्धार गरिएको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हालसम्म हवाई उद्धारबाट ३० जनाको सफलतापूर्वक उद्धार भएको छ । विपद्मा फसेका नागरिकको उद्धार मात्रै होइन विपद्मा परेका नारिकलाई सरकार हाम्रो साथमा छ भन्ने आशाको सञ्चार समेत सरकारले गराएको छ । नेपाल–चीन सीमा क्षेत्रबाट चार जना भारतीय र एक जना नेपालीको हेलिकेप्टरमार्फत समयमै उद्धार गरिएको थियो । त्यसैगरी स्थलगत उद्धारमार्फत रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ स्थित रसुवागडी भन्सार कार्यालयको यार्डमा फसेका २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनाको सुरक्षाको संयुक्त टोलीले उद्धार गरेको छ । सोही घटनामा रसुवागडी हाइड्रोपावरको ड्याम साइडमा फसेका चीनियाँ पुरुष १, नेपाली पुरुष १५ जना र दुई जना गरी १८ जनाको उद्धार गरेको छ ।’
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी गरी रसुवा बाढीपछिको उद्धारमा ६८२ जना सुरक्षाकर्मी खटिएको समेत बताउनु भयो ।

Previous Post

मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान

Next Post

त्रिविका उपकुलपतिद्वारा शपथ ग्रहण

Next Post

त्रिविका उपकुलपतिद्वारा शपथ ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन