• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

छोरेपाटन माविका अध्यक्ष पहारीलाई कालोमोसो

by
July 11, 2025
in कास्की, घटना, नेपाली समाचार आजको, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेकपा बहुमत निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गण्डकी प्रदेशले पोखरास्थित छोरेपाटन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको छ । 

पातले छाँगो (डेभिज फल) लाई लामो समयसम्म निजी कम्पनीलाई ठेक्कामा दिने काममा मुख्य भूमिका खेलेको आरोपमा उनीमाथि शुक्रबार कालोमोसो दलिएको हो ।

सङ्गठनका संयोजक राजन साउदले अध्यक्ष पहारीले व्यक्तिगत स्वार्थपूर्तिका लागि माफियासँग मिलेर विद्यालयलाई वार्षिक करोडौँको क्षति पुर्‍याएको आरोप लगाएका छन् । 

पोखरा महानगरपालिकाले विद्यालयलाई वार्षिक तीन करोड रुपैयाँ दिनुपर्नेमा दुई किस्ता भुक्तानी रोकिँदासमेत अध्यक्षसहित व्यवस्थापन समिति मौन साउको आरोप छ ।

विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मालाई तत्काल राजीनामा दिन चेतावनी दिँदै उनले ठेक्का सम्झौता तत्काल रद्द गरी पातले छाँगो पुनः विद्यालयलाई हस्तान्तरण गर्न र ठेकेदार कम्पनी सेती क्यान्योन प्रालिलाई काम रोक्न माग गरेका छन् ।

पातले छाँगो २०३५ देखि विद्यालयले भोगचलन गर्दै आएको थियो । गत वर्ष पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार ३५ वर्षका लागि निजी कम्पनीलाई चलाउन दिने गरी सहमति गरेको थियो । 

यसैबीच विद्यालयमा पूर्वप्रधानाध्यापक लक्ष्मण थापाले पहारीमाथि गरिएको अपमानजनक, अमानवीय र बर्बरतापूर्ण व्यवहारप्रति खेद व्यक्त गर्दै भत्र्सना गरेका छन् । 

सामानिक सञ्जालमार्फत थापाले सम्बन्धित संगठनले आफ्नो भूल महसुस गरी क्षमायाचना गर्नेछन् भन्ने अपेक्षासमेत गरेका हुन् ।

राजनीतिको चलखेलको प्रतिफल स्वरुप पहारीमाथि अपमानजनक व्यवहार गरियो र उक्त व्यवहार निन्दनीय रहेको थापाले उल्लेख गरे ।

उनले लेखेका छन्, ‘व्यक्तिगत रुपमा मलाई पनि गहिरो चोट र चिन्ता परेको छ, यस्ता राजनीतिक/विद्यार्थी/पेशागत संगठनहरुले पनि कुनै व्यक्तिको व्यक्तित्व, व्यवहार र इमान्दारीलाई गहिरोसँग अध्ययन नगरी हठात अपमानजनक व्यवहार गर्दा दुर्घटना हुन्छ, जुन सम्बन्धित संगठनकै लागि पनि प्रत्युत्पादक हुनसक्छ ।’

यस्तो थापाको स्टाटस्

छोरेपाटन माध्यमिक विद्यालयका पूर्व सहायक प्रधानाध्यापक एवं हालका व्यवस्थापन समिति अध्यक्ष बद्रिनाथ पहारी पेशागत निष्ठा र आर्थिक व्यवहारमा अत्यन्तै इमान्दार व्यक्तिका रुपमा विगत बत्तीस वर्षदेखि मैले चिनेको हुँ । कुनै पनि लोभ लालच नभएका र लामो कालखण्ड शिक्षा सेवामा बिताएका व्यक्ति भएकोले नै उहाँलाई सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनाएमा विद्यालयको शैक्षिक गतिविधिमा अझै गुणात्मक रुपमा बिकाश हुने ठहर गरेर होला सो जिम्मा दिइयो । उहाँले व्यक्तिगत अप्ठ्यारो हुँदाहुँदै पनि आफुले पढाएको विद्यालयका लागि केही गरौं भनेर सो चुनौतीपूर्ण काम स्वीकार्नु भयो होला । व्यक्तिगत रुपमा उहाँले विद्यालयको अहित गर्नुभयो होला भनेर चिताउँनु पनि पाप हो भन्ने मेरो बुझाई छ । सायद राजनीतिको चलखेलको प्रतिफल स्वरुप उहाँमाथि अपमानजनक व्यवहार गरियो जुन निन्दनीय छ । व्यक्तिगत रुपमा मलाई पनि गहिरो चोट र चिन्ता परेको छ । यस्ता राजनैतिक/ विद्यार्थी/ पेशागत संगठनहरुले पनि कुनै व्यक्तिको व्यक्तित्व, व्यवहार र इमान्दारीलाई गहिरोसंग अध्ययन नगरी हठात अपमानजनक व्यवहार गर्दा दुर्घटना हुन्छ । जुन सम्बन्धित संगठनकै लागि पनि प्रत्युत्पादक हुनसक्छ ।

आदरणीय बद्रीसरप्रति भएको अपमानजनक, अमानवीय र बर्बरतापूर्ण व्यवहारप्रति खेद व्यक्त गर्दै भर्त्सना गर्दछु र सम्बन्धित संगठनले आफ्नो भूल महसुस गरी क्षमायाचना गर्नेछन् भन्ने अपेक्षा पनि गर्दछु ।

Previous Post

नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था

Next Post

भोटेकोशी बाढी: ६ जनाको शव र ५ मानव अंग फेला

Next Post

भोटेकोशी बाढी: ६ जनाको शव र ५ मानव अंग फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन