Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भोटेकोशी बाढी: ६ जनाको शव र ५ मानव अंग फेला

नीतिप्रेस by नीतिप्रेस
July 11, 2025
in घटना, नेपाली समाचार आजको, समाचार
0
भोटेकोशी बाढी: ६ जनाको शव र ५ मानव अंग फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । असार २४ गते मध्यरातमा ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढीले बगाएकामध्ये थप २ जनाको शव चितवनको ईच्छाकामना गाउँपालिका-६ स्थित कालीखोला र नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका-७ स्थित व्यारेज पुलमा फेला परेको छ । 

बाढीले ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनीयाँ नागरिक बगाई बेपत्ता भएका थिए । हालम्म ६ जनाको शव फेला परेको छ भने ५ वटा मानव अंग फेला परेको छ । फेला परेको शवमध्ये एक शवको मात्र पहिचान हुनसकेको छ बाँकी शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । 

अन्य वेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीले भोटेकोशी र त्रिशुलीको दुवै किनारामा खोजीकार्य जारी राखेको छ ।

बाढीको कारण बन्द भएको सडकखण्ड सशस्त्र प्रहरी लगायतको सुरक्षा फौजले अस्थायी पदमार्ग बनाई १ सय ४३ जनालाई सुरक्षितकासाथ गन्तव्यतर्फ पुर्‍याएको छ । त्यस्तै १२ जना नेपाली नागरिकको विभिन्न निजि हेलिकप्टर कम्पनीमार्फत सुरक्षित स्थानमा सारिएको हो ।

त्यसैगरी चीनतर्फ रहेका विपद् प्रभावित ९१ जना नेपाली नागरिकलाई नेपाल चीन समकक्षी सम्बन्धित निकायको समन्वयमा चीनको केरुङ्गमा सुरक्षितकासाथ बस्न र खानाको व्यवस्था मिलाईएको छ ।

विपद्को कारण रसुवा भन्सार कार्यालय र टिमुरेको यार्डमा रहेका ४ वटा ईभि साधन र ४ वटा कन्टेनरमा रहेका सामानलाई सुरक्षित स्थानमा सारिएको छ भने कन्टेनरलाई व्याक लोडरको सहायताले सुरक्षित स्थानमा सारिएको छ ।

त्यस्तै सो क्षेत्रमा अवरुद्ध भएको संचार र विद्युत  संचालनमा ल्याईएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले सम्बन्धित निकायलाई निरन्तर परिचालन गरी आजदेखि सुचारु गराएको हो ।

विपद्का कारण अवरुद्ध भएको स्याफ्रुवेशी-रसुवागढी सडकखण्डलाई यथाशीघ्र सुचारु गर्नको लागि जलविद्युत आयोजनामा रहेका विभिन्न हेवी इक्युमेन्टसहित आवश्यक जनशक्तिलाई परिचालन गरीएको र  बाटो सुचारु गर्नको  लागि आवश्यक समन्वय समेत भइरहेको बताइएको छ ।

असार २४ र २५ गते अवरुद्ध भएको सडकखण्डलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा अस्थायी पदमार्ग बनाई ४ सय ८५ भन्दा बढिलाई सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्याएको थियो ।

Previous Post

छोरेपाटन माविका अध्यक्ष पहारीलाई कालोमोसो

Next Post

सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यकः मन्त्री सुडी

Next Post
सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यकः मन्त्री सुडी

सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यकः मन्त्री सुडी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन