• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

साउनको पहिलो सोमबारः पोखराको केदारेश्वरसहित देशभरका शिवालयमा भिड

नीतिप्रेस by नीतिप्रेस
July 21, 2025
in धर्म/संस्कृति, नेपाली समाचार आजको, समाचार
1
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । हिन्दू नेपाली नारीहरुका लागि आजको दिनलाई विशेष रुपमा लिइन्छ । साउने सोमबारका दिन देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ । हिन्दू परम्परा अनुसार साउन महिना आशुतोष भगवान सदाशिवको अत्यन्त प्रिय महिना हो । हिन्दू महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् ।

साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ ।

हिन्दू धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।

सोमबारका दिन पोखराको केदारेश्वर महादेव मणि मन्दिर, प्रस्याङको सन्तानेश्वर, पुम्दीकोट, गुप्तेश्वर, लमजुङको इशानेश्वर, म्याग्दीको गलेश्वर, मुस्ताङको मुक्तिनाथ, काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेवलगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गर्दछ । 

पोखराको केदारेश्वर महादेव मणिमा पोखराकै शुक्लागण्डकी गाइघाटमा पुगेर १०८ धारामा स्नान गरी सेती नदीको जल लिएर झाँकी, बाजागाजा, भजनकीर्तन गर्दै करिब आठ किमिको दूरी पैदलयात्रा गरेरै केदारेश्वरमा जलार्पण गर्ने गरिन्छ । भक्तजनलाई ठाउँठाउँमा सर्वतपानी तथा मन्दिरमा प्रसादको व्यवस्था गरिएको छ । ‘बोलबमको नाराले, शान्ति पाउन् साराले’ भन्ने मूल मन्त्रका साथ कार्यक्रम हुने बोलबम संयोजक शंकर खरालले जानकारी दिए । 

संयोजक खरालका अनुसार १०८ धारा स्नान, ८ किलोमिटर पैदलयात्रा र १०८ शिवलिङ्गमा जलार्पण गर्न पाउनु भक्तजनको अहोभाग्य हो, जुन केदारेश्वरमा मात्र उपलब्ध छ ।

बोलबम संयोजक खरालका अनुसार शिवमन्दिरमा जलार्पण गर्ने कार्यक्रम विभिन्न ठाउँमा रहे पनि आठ संयोगका कारण केदारेश्वरमा भने बोलबमको खास महत्व रहेको छ । श्रावणमा भगवान् शिवको आराधना गर्दै ज्योतिर्लिङ्गमा गंगाजल र बेलपत्र जस्ता सामग्रीले पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । बोलबमको महत्व र केदारेश्वरको छुट्टै महिमा छ ।

बोलबम जलयात्रा, बाजागाजा र झाँकी तथा शिवलिङ्गमा जलार्पण, पूजाआजा तथा भजनकीर्तनलगायतमा उल्लेख्यरुपमा सहभागिता जनाउन र मनोकांक्षा पूरा गर्न उनले आग्रह गरे । भगवान शिवले सृष्टिपालना तथा सम्भारमा अष्ठमूर्ति स्वरुपधारणा गरेको वर्ण शिवपुराणमा उल्लेख रहेको र साधकले आफ्नो साधना प्राप्ति गर्न पनि अष्ठसिद्धि गर्नुपर्ने बताइन्छ ।

केदारेश्वरमा संचालित केदारेश्वर वैदिक गुरुकुल आश्रमका पीठाधीश चिद्धन चैतन्य (डा लेखनाथ आचार्य) ले ८० जना बालकको शिक्षादीक्षा, आवासलगायतको व्ययभार पनि भएकोले कार्यक्रमको सफलता मूल मन्त्र हुने बताए । 

उनले केदारेश्वरमा हुने बोलबमको महत्व अत्यन्तै रहेको बताए । मन्दिरमा सिधै आएर शिव लिङ्गमा पानी, दूध चढाउनु भन्दा गाइघाटबाटै जल लिएर आएर केदारश्वरमा जलार्पण गर्नुको महत्व विशेष रहेको उनले स्पष्ट पारे । 

बोलबम हुने दिन मध्यान्हमा षोडस् उपचारसहित विशेष पूजा आराधनादेखि भजनकीर्तन गरिने छ भने सन्ध्याकालीन समयमा विशेष पूजासहित महाआरतीसँगै शिव साधना हुने उनले बताए ।

पहिलापहिला नेपालबाट बोलबमको लागि भारत जाने गरिएकामा अहिले भारतबाट नेपाल आउन थालेको उनले बताए । उनका अनुसार २४ वर्षअघि केदारेश्वरमा शुरु गरेको बोलबम अहिले गण्डकीकै संस्कृति बनेको छ । 

पीठाधीश डा. आचार्यले बोलबम शिव साधकका लागि शक्ति जागृत गर्ने पर्व भएको बताए । उनले बोलबममा साकार र निराकारका रूपमा शिवको आराधना गरिने स्पष्ट पारे । उनले भोलेबम, भोलेबम हुँदै परिस्कृत रूपमा बोलबम भएको जानकारी दिए । 

सेती नदीको गाइघाटमा जल लिन जाने भक्तजनलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिनेछन् । साथै केदारेश्वमा ठूलो संख्यामा भक्तजन आउने हुँदा विभिन्न संघसंस्थाले पानी, मोही र प्रसादको समेत व्यवस्था गरिएको छ ।

Previous Post

आज नेपालले बंगलादेशको सामना गर्दै, जित्नै पर्ने दवाव

Next Post

पोखरा-२६ द्वारा वाद्यवाधन र पञ्चेबाजा सामग्री सहयोग

Next Post

पोखरा-२६ द्वारा वाद्यवाधन र पञ्चेबाजा सामग्री सहयोग

Comments 1

  1. user546030 says:
    9 months ago

    Nice post! 1754795758

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन