• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विद्यादेवी भण्डारी सम्मानित अभिभावकको भूमिकामा रहनुपर्छ : उपमहासचिव ज्ञवाली

नीतिप्रेस by नीतिप्रेस
July 24, 2025
in नेपाली समाचार आजको, राजनीति
1
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सम्मानित अभिभावकको भूमिकामा रहनुपर्ने बताएका छन् । 

नेकपा एमाले कास्कीले बुधबार पोखरामा ४७औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजना गरेको विचार गोष्ठीमा उनले राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति दलीय राजनीतिको सक्रिय प्रतिस्पर्धाभन्दा माथि उठ्नुपर्ने जिकिर गरे ।

उनले देशमा लोकतन्त्र र गणतन्त्रमाथि सङ्कट आइपर्दा पूर्वराष्ट्राध्यक्षले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिए ।

साथै उनले एमाले गल्तीलाई ढाकछोप गर्ने रामनामी खास्टो नभएको भन्दै गलत काम गर्नेलाई एमाले भएकै कारण संरक्षण नदिइने स्पष्ट पारे ।

‘तपाइँले गर्ने व्यक्तिगत कारोबारको जिम्मा तपाइँ नै हो, एमाले भनेको तपाइँले गरेका गल्तीलाई ढाकछोप गर्ने रामनामी खास्टो होइन’, उनले भने, ‘त्यस कुरामा हामी बहुत प्रष्ट हुनु जरुरी छ ।’

पोखरास्थित लिचिघारी जग्गा प्रकरणबारे नेता ज्ञवालीले जुन औँलामा विष लाग्छ त्यो औँला झर्ने तर्क गरे ।

‘नेकपा एमालेको स्पष्ट नीति छ जुन औलामा विष लाग्यो त्यो औंला झर्छ, त्यसले सिङ्गो शरीरलाई असर पर्न दिन हुन्न’, उनले भने ।

‘अस्ती यहीं पोखराको एउटा जग्गाको बारेमा विवाद आयो । प्रधानमन्त्रीले ब्ल्याङ्क पेपर देखाएर भन्नुभयो, मन्त्रीज्यू के लेख्ने हो यहाँ लेख्नुहोस्, उहाँले राजीनामा दिएर बाहिर जानुभयो ।’ 

अब छानबिन हुँदा निर्दोष भए उन्मुक्ति पाउने दोषी भए कारबाही भोग्नुपर्ने उनले स्पष्ट पारे ।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पनि राष्ट्रपति भइसकेको व्यक्ति प्रत्यक्ष राजनीतिमा फर्कनु उचित नहुने बताए । 

उनले पार्टी सदस्यताबारेको कुराहरू प्राविधिक कुरा भएकाले राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेपछि सबै पार्टीलाई अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

कोशी प्रदेशका पूर्वप्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, कास्कीका उपाध्यक्ष भेषराज बराल, एमाले कास्की इन्चार्ज कृष्ण थापालगायतले पुष्पलालको योगदानको बारेमा चर्चा गरेका थिए । 

एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

पुष्पलाल स्मृति दिवसको अवसरमा युवा संघ नेपाल कास्कीले बुधबार गरेको रक्तदानमा एक सय दुई युनिट रगत संकलन भएको थियो । 

त्रिदिवसीय कार्यक्रमअन्तर्गत ५ गते पोखरा ७ नुवारथोकस्थित पुष्पलाल स्मृति पार्कको सरसफाई र ६ गते पुष्पलाल अनुसन्धान केन्द्र पोखरा २१ फेदीपाटनमा  श्रद्धाञ्जली सभा आयोजना गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । कार्यक्रम सञ्चालन पार्टी सचिव दर्शन लामाले गरेका थिए ।

Previous Post

खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

Next Post

पोखरा वडा नंं. १२ मा डेंगुविरुद्ध सचेतना र्‍याली

Next Post

पोखरा वडा नंं. १२ मा डेंगुविरुद्ध सचेतना र्‍याली

Comments 1

  1. user475140 says:
    9 months ago

    Nice post! 1754795694

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन