• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘मैले काठका भाँडा बनाउन थालेको ५० वर्ष नाघ्यो

नीतिप्रेस by नीतिप्रेस
July 27, 2025
in नेपाली समाचार आजको, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

६६ वर्षीय वृद्धले बिजुलीको सहारामा काठका भाँडा बनाएर जीविका चलाउँदै

 ‘बाच्छा चर्छ बाच्छैका लागि, गाई चर्छ गाईकै लागि’ भनेजस्तै परिवारमा सबैले आ–आफ्नो पेट भर्नुपर्छ । छोराहरूले कमाएको उनीहरूकै लागि हुन्छ । आफ्ना लागि म आफैंले दुःख गर्छु ।

काठबाट ठेकी, हर्पे, कठुवा, तोङ्बा, दुनेरी, आरी, कुरुवा, टेक्से लगायत सामान बनाउँछु । यसैबाट घरखर्च, माइलो र कान्छा छोरालाई पढाउन पुर्‍याएको छु । राम्रो पढे भने दुवै छोरालाई सकुन्जेल पढाउँछु । त्यसपछि उनीहरूको पनि पखेटा लाग्ला । पखेटा लागेपछि केही गरिखालान् कि भन्ने आश छ ।

अहिले ६६ वर्षमा लागेँ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा जन्मिएको हुँ । मेरा दुई गुँड (श्रीमती)बाट ३–३ छोरा र २–२ छोरी गरी दश छोरा–छोरी छन् । कान्छीपट्टिका दुइटा छोराबाहेक अरु सबैको पखेटा लागिसकेको छ । जेठीपट्टिका तीन र कान्छीपट्टिको एक छोरा अहिले विदेशमा छन् । जेठीपट्टिका पाँचै जना र कान्छीपट्टिको एक छोरा र दुई छोरीको बिहे भइसकेको छ । कान्छीपट्टिका माइलो छोरा सुप्रिमलाई २०८१ सालको एसईईमा एउटा विषय लाग्यो । कान्छो छोरा युनिक गाउँकै जालपा माविमा कक्षा ५ मा पढ्छ । घरमा दुइटी श्रीमतीले काम गर्छन् । म भाँडी (काठको भाँडा बनाउने ठाउँ)मा जान्छु । दिनको डेढ/दुई सय कमाउँछु । औषधि किन्न ठिक्क हुन्छ ।

मैले भाँडीमा बस्न थालेको ५० वर्ष नाघ्यो । बल वैंश छउन्जेल खोला–खोलामा गएर पानीबाट चल्ने भाँडी चलाएँ । अहिले उमेर ढल्यो, खोलामा भाँडी चलाउन सक्दिनँ । पानीबाट चल्ने भाँडी बनाउन ठूल्ठूला ढुङ्गा पल्टाउनु पर्छ । काठको डुँड खोपेर पानी चलाउनुपर्छ । अब त्यसो गर्न सक्दिनँ । घरमा थन्किने बेलामा वडाध्यक्ष भगेश्वर राईले बिजुलीबाट चल्ने भाँडी जोहो गरिदिनु भयो । वडा कार्यालय नजिकै भाँडीका लागि डेरा पनि बनाई दिनु भयो । बिजुलीको पैसा पनि वडाले नै तिरिदिन्छ । त्यही भएर यहाँ आएर भाँडी चलाउँछु ।

भाँडी चलाउने व्यवसायलाई चँदारा भनिन्छ । चँदारा पेसा लोप हुने अवस्था देखेपछि यसको संरक्षण गर्न वडाध्यक्षज्यूले सबै सुविधा दिएर ठूलो गुण लगाउनु भयो । मेरा लागि उहाँ भगवानसरह हुनु हुन्छ । यसैबाट एक–दुई सय कमाउँछु । यहीबाट ओखतीमूलो गर्ने पैसा जोहो हुन्छ । मुटु, पायल्स, बाथको औषधि खानु पर्छ । औषधि खाइनँ भने मारिजान्छु भन्ने डर लाग्छ । पहिले पनि ठूलो बिरामी हुँदा गाउँकै भीमराज राईले काठमाडौं लगेर उपचार गरिदिनु भएपछि सन्चो भएँ । अहिले पनि कहिले के, कहिले के बिरामी परिरहन्छु । औषधि नखाई त सक्दै सक्दिनँ ।सकुन्जेल यही भाँडीमा काम गर्छु । अब कति नै पो सक्छु होला र ! सकिन्जेल भाँडी चलाउँछु । नसकेपछि यो पेसा नै सकिन्छ भन्ने मलाई पीर लाग्छ । बाउ–बाजेको पालादेखि चँदारा चलिआएको हो । बाजे शुभचन, बाबु मनवीरपछि मैले यो पेसा अपनाएको हुँ । जेठीपट्टिको कान्छो छोरा तिलकले यो सीप सिकेको थियो तर गाउँमा अडिन सकेन, बहराइन उड्यो । ऊमात्र होइन, दुई–चार पैसा आउने मेलो नभएपछि सबै केटा गाउँमा अडिँदैनन् । कान्छीपट्टिका दुई छोरा पनि गाउँमा बस्दैनन् होला । अनि त घरै रित्तै हुने भयो । पुस्तौंदेखि अपनाउँदै आएको चँदारा पेसा पनि यसै गरी सकिने त होला ।

पहिले यही पेसाबाट नाम चलाएको थिएँ । सबैले माया गर्थे । कमाइ पनि मनग्गे नै हुन्थ्यो । अहिले काम गर्न सक्दिनँ । तैपनि, बिस्तारै काम गरिरहेको छु । अहिले विभिन्न खालका काठका सामान बनाउँछु । सके त राम्रै पैसा हुन्थ्यो, सक्दिनँ । तर पनि धेरै समय लगाएर भए पनि जसोतसो काम गर्दै छु ।

राम्रो काठबाट बनाएको पाँच पाथी जाने ठेकीको १२ हजार, दुई माना जाने हर्पेको एक हजार, टुक्सेको एक हजार, दुई माना जाने कठुवाको १२ सय, तोङ्बाको १८ सय, ६ कुरुवा जाने दुनेरीको तीन हजार मूल्यमा बिक्री हुन्छ । यी सामान दिक्तेल बजार, काठमाडौं, विराटनगर, धरान, हङकङसम्म पुग्छन् । तर के गर्नु र भनेजति बनाउन सक्दिनँ । छोराहरूको चेत पलायो भने बाउ–बाजेको पुर्ख्यौली पेसा जोगाऊलान्, होइन भने अब यो पेसा यत्तिमै सकिने भयो ।

Previous Post

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

Next Post

काठमाडौंमा जुवा खेलिरहेका ७ जना पक्राउ, ५० हजार नगदसहित नियन्त्रणमा

Next Post

काठमाडौंमा जुवा खेलिरहेका ७ जना पक्राउ, ५० हजार नगदसहित नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन