• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बिकी अग्रवालकी आमा : छोराको ‘दरबार’ हेर्न नपाई अस्ताइन् दुर्गा

नीतिप्रेस by नीतिप्रेस
July 29, 2025
in नेपाली समाचार आजको, समाचार
0
बिकी अग्रवालकी आमा : छोराको ‘दरबार’ हेर्न नपाई अस्ताइन् दुर्गा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आमा के थिइन् ? सँगै हुँदा सायद महसुस गरेनन् बिकीले । अहिले थकथकी लाग्छ, ‘आमा त सबथोक थिइन् ।’ आमाले भनेका कति सुने, कति सुनेनन् । त्यसको लेखाजोखा त उनीसँग छैन, तर तिनै गाली, आदेशहरू आमाका स्वरमा सुनिरहन चाहन्छन् । आफैंलाई सोध्छन्, ‘आमाको महत्त्व गुमाएपछि मात्र किन थाहा पाइस् ?’

 त्यो दिन उनको मन फुरुङ्ग थियो । अनुहारभरि खुसी छचल्किरहेको थियो । धेरै दिनपछि कमेडियन बिकी अग्रवालको सपनामा आमा आएकी थिइन् । हरबिहान निदाइरहेको छोराको निधार चुमेर जाने आमा ३ वर्षयता सम्झनामा मात्र थिइन् । यस पटक भने सुस्तरी बिकीको स्वप्नलोकमा आइन् ।

छोराको समीप बसिन् र बेस्सरी अंकमाल गरिन् । आमाको न्यानो अँगालोमा बेरिन पाउँदा पुलकित बनेका उनका आँखा अचानक खुले । बिकी ओछ्यानबाट जुरुक्क उठे । जीवनसाथी श्रद्धा प्रसाईंले आत्तिएर सोधिन्, ‘के भयो ?’ बिकीले अलौकिक खुसी महसुस गर्दै भने, ‘मैले आमालाई अँगालो मारें ।’

काठमाडौं तिहारको रमझमले छोपिएको थियो । ‘कस्तो रैछ बिकी बसेको सहर !,’ भारतको सिक्किममा बस्ने आमा दुर्गा थापामगरलाई छोराको सहर हेर्ने रहर थियो । त्यसमाथि छोराले नेपालमा कमाएको ख्यातिलाई प्रेमले महसुस गर्न मन थियो । दुई वर्षअघि पहिलो पटक आमा बिकीसँग काठमाडौं आउने भइन् । नेपाल आउनेबेला गाडीमा सामान राख्दै गर्दा दाइले जिस्कँदै भने, ‘आमालाई उतै राख है बिकी ।’ आमाले पनि हाँस्दै जवाफ फर्काइन्, ‘आउँदिनँ–आउँदिनँ तेरो घर, बिकीसँगै बस्छु ।’

बिकीको आड र भरोसामा रत्तिँदै आमा काठमाडौं हिँडेकी थिइन् । काठमाडौं विमानस्थलमा उत्रिँदा आमा सहरको स्वरूप हेर्दै रमाइरहेकी थिइन् । बिकीको गुगल ड्राइभभित्र आमासँगका थुप्रै फोटो उनले सँगालेर राखेका छन् । उनी देखाउँदै भन्छन्, ‘यो चाहिँ एयरपोर्टमा उत्रनासाथ खिचेको अन्तिम फोटो ।’ बिकीले आफ्नो कोठाको वालमा पनि आमासँगको फोटो मात्रै टाँसेका छन् । नितान्त एक्लो महसुस हुँदा उनी ती फोटो हेरेर आँट बटुल्छन् । काठमाडौं ओर्लंदा आमाले सहरमात्र देखिनन्, छोराका प्रशंसकहरू पनि देखिन् । भोलिपल्ट पशुपति मन्दिर जाँदा बिकीसँग फोटो खिच्नेहरू आए । छोरासँग फोटो खिचेकाहरूलाई आमाले भनिन्, ‘पख्नु त, तपाईंहरूसँग म पनि खिच्छु ।’ बिकीले लाज मान्दै साउतीमा भने, ‘आमा, के गरेको यस्तो ?’

बिकी त्यतिबेला नयाँ प्रोजेक्ट सुरु गर्दै थिए । आमालाई सम्झिएरै पछि प्रोजेक्टको नाम उनले ‘आम्मा कसम याँ दुख्छ’ राखे । त्यसैको दौडधुपमा छोरा व्यस्त भएको आमाले देखेकी थिइन् । काठमाडौं आएपछि दुर्गालाई टाउको दुख्न थालेको थियो । बिकी बेलाबेला आमाको टाउको मालिस गरिदिन्थे । टाउको दुखेको पर्सिपल्ट थियो सायद ! आमा बिहानै उठेर नुहाइन्, पूजापाठ गरिन् । बिकी एक जना प्रोड्युसरसँग मिटिङका लागि निस्कँदै थिए । छोरा जाने बेलामा दुर्गाले भनिन्, ‘आउने बेला औषधि ल्याइजो ल ।’

अघिल्लो दिनभन्दा आमा ठीकठाक देखिएकी थिइन् । सामान्य देखिएकी आमासँग बिकी हाँस्दै निस्किए । दिनभरि भेटघाट र मिटिङमा व्यस्त भए । साँझ फर्किने बेला आमाका लागि औषधि किनिदिए । जब राति घर पुगे, फ्ल्याट अँधेरो थियो । बिकीको मनमा चिसो पस्यो । उनी हतार–हतार बेडरुममा छिरे, बत्ती बाले । आमा थिइनन् । हतारिँदै भान्साकोठामा पुगे, आमा भुइँमा लडिरहेकी थिइन् । बिकीका हातपाखुरा एकाएक गले । आकाशै खसेर शिरमा बज्रिएजस्तो भयो । नजिक गएर आमालाई छोए । आमा मौन थिइन् । उनको विवेकले भन्यो, ‘आमा जानुभयो ।’ तर मनले मानेन, ‘माउथ टु माउथ’ सास फुके । सीपीआर दिए तर आमा ब्युँझिनन् । कोठा शान्त थियो, आमा शान्त थिइन् । पराजित मनोदशाबाट गुज्रिएका छोराको मन भने अशान्त भयो । उनले काँपेका हातले फोन समाते । सिक्किममा रहेका दाइलाई फोन गरे र अप्रत्याशित खबर सुनाए, ‘अब आमा रहनुभएन ।’

अहिले पनि त्यो दिनको सम्झनाले बिकीको हृदय डस्छ । पश्चातापको जलनले पोल्छ । ‘मैले के गरेको हो त्यस्तो !’ आफूलाई मनभरिको गाली दिन्छन् बिकी । आफूले छाडेको दिनभर आमालाई के बित्यो होला ? सोच्दा पनि ऐंठन हुन्छ । ‘न वरिपरिका कोही चिन्नुभएको थियो । न त यहाँको फोन थियो,’ उनी बेचैनी सुनिन्छन्, ‘छोराको संसार देख्न आएकी आमालाई छोराले नै जोगाउन सकेन ।’ त्यसपछि के भयो ? बिकीसँग धमिला सम्झना छन्, ‘म त ब्ल्याक आउट भएँ ।’ अस्पतालनिरको सडकमा बसेर एकोहोरिरहेको, बा र दाइ आएको मसिनो झझल्को मात्र छ उनीसँग ।

आफूलाई काठमाडौंमा बसाएकी आमालाई सिंगो सिक्किम पर्खिरहेझैं देखिन्थ्यो । यहाँबाट फर्किएपछि आमाका योजनाहरू थिए । बिकीका दाइको बिहे मनाउनु थियो । नयाँ घरको उद्घाटन गर्नु थियो । छोराले किनेको गाडी भित्र्याउनु थियो । तर सबै कुरा थाती राखेर आमा गइन् । ‘त्यसपछि त सबै लथालिङ्ग । लाग्छ, अब त कहिले पनि लयमा आउँदैन होला,’ बिकी घायल सुनिन्छन् ।

आमा के थिइन् ? सँगै हुँदा सायद महसुस गरेनन् बिकीले । अहिले थकथकी लाग्छ, ‘आमा त सबथोक थिइन् ।’ जहिल्यै फोन गरेर सोध्थिन्, ‘खाना खाइस् ?’ काखे बालकलाई झैं आदेश दिन्थिन्, ‘छिटो सुत्, धेरै पानी खा ।’ आमाले भनेको कति सुने, कति सुनेनन् । त्यसको लेखाजोखा त उनीसँग छैन, तर बिकी तिनै गाली, आदेशहरू आमाका स्वरमा सुनिरहन चाहन्छन् । अनि बेलाबेला आफैंलाई चिमोटिरहन्छन्, ‘आमाको महत्त्व गुमाएपछि मात्र किन थाहा पाइस् ?’

आमा जीवनभर अस्पताल गएको बिकीलाई थाहा छैन । बरु बाको स्वास्थ्यमा समस्या देखिरहन्थ्यो । सबैको ध्यान बातर्फ केन्द्रित थियो, आमाको पनि । घरबाट निस्कँदा दाइहरूलाई अह्राएकी थिइन्, ‘बाबालाई दबाइ समयमा खान भन्नु ।’

सबैको ख्याल राख्ने आमा ख्यालख्यालमै बितिन् । त्यो पनि ५३ वर्षको अल्पायुमै । आमा त्याग्नु सन्तानका लागि कति पीडादायक हुन्छ ! बिकी आफूलाई छाम्छन् । र, भन्छन्, ‘सानो बच्चालाई झ्याप्पै छाडेर गएजस्तो हुँदो रहेछ ।’ धेरै दिनसम्म बिकीले यो स्वीकार्न सकेनन् । अहिले पनि सिक्किम जाँदा आमा रछ्यानमा काम गरिरहेझैं देख्छन् । आमाले बोलाइरहेझैं सुन्छन् । त्यसकारण उनी घर जानै चाहन्नन् । दाइहरू सोध्छन्, ‘सिक्किम नआउने ?’ उनी मनमनै भन्छन्, ‘आमाको याद आउँछ, कसरी आउनू ?’

सामाजिक सञ्जालका भित्ताहरूमा मानिसहरू आमाको माया दर्शाउँछन् । बिकीलाई त्यसो गर्न आउँदैन । मातातीर्थ औंसीमा ‘हेप्पी मदर्स डे’ भन्न पनि आउँदैन । तर बिकीलाई जतनले मनभित्र राखेकी आमाको कथा सुनाउन आउँछ । उनी आमाका स्मृति–कथा सुनाउँछन् ।

000

बिकीका घरमा बा गणित शिक्षक थिए, आमा नेपाली । तर बिकी यी दुवैमा कमजोर । बरु उनको रुचि कमिक पढ्न र लेख्नमा थियो । दुर्गा छोराका लागि खोजीखोजी पुस्तकहरू ल्याउँथिन् । बिकी कस्सिएर पढ्थे । अहिले पनि घरमा थुप्रिएका कमिक पुस्तकका चाङहरूमा उनी आमाको चित्र देख्छन् । ‘म यहाँसम्म पुग्नुको जग त्यही कमिक पुस्तक थिए । त्यसको श्रेय आमालाई जान्थ्यो,’ बिकी भन्छन् ।

आमाले सन्तानलाई छिट्टै बुझ्छिन् । तर आमालाई बुझ्न त समय लाग्दो रहेछ । जुन दुर्गालाई भएको ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ (ओसीडी) को बिमारबारे उनीहरूलाई पछि थाहा भयो । यो अनौठो बिमार थियो । ‘जस्तो कि कसैले हात मिलायो भने १० पटक हात धुनैपर्ने, घरभित्र कोही पस्यो भने सरसफाइ गरिहाल्नुपर्ने,’ बिकी

प्रस्ट्याउँछन् । घरभित्र कोही आगन्तुक प्रवेश गरिहाले परिवारको सातो जान्थ्यो । ‘यदि कोही छिरिहाले आमा बेड सिट, पर्दा निकालेर धोइहाल्नुहुन्थ्यो । पोछा लगाइहाल्नुहुन्थ्यो,’ बिकी सम्झन्छन् । सानोमा राति एक बजे पनि बिकीले आमालाई लुगा धोइरहेको देखेका छन् । आमाको यो समस्या घरदेखि स्कुलसम्म पुग्थ्यो । त्यसकारण घरमा कोही आउन अघोषित निषेधजस्तै थियो । साथीहरू घर आउन खोज्थे । तर उनी कहिल्यै भित्र लैजान्नथिए । बरु बाहिरै भेटेर फर्काउँथे । ‘कोही मान्छे आए भने छिटोछिटो कुदेर गेटमा जान्थ्यौं, त्यहीं भेटेर फर्किन्थ्यौं । पाहुना भित्र ल्याउन डराउँथ्यौं,’ बिकी सम्झन्छन् ।

सुरुमा त आमाको बिमारबारे कसैले चाल पाएनन् । बा आजित भएर आमासँग धेरै जंगिन्थे । स्कुल पढाउन जाँदा पनि दुई जोर कपडा बोकेर जान्थिन् । पढाउन जाँदा र फर्कंदाका कपडा फरक हुन्थे । ‘बाल्यकालभरि त हामीलाई सबैको घरमा यस्तै हुन्छ जस्तो लाग्थ्यो,’ बिकी सम्झन्छन् । पछि आमाको बिमारबारे परिवारमा थाहा भयो । अनि नियन्त्रणको उपायतर्फ सबैको ध्यान गयो । परिवारको साथमा दुर्गाले आफ्नो बिमारलाई नियन्त्रण गर्दै गइन् । बिकी कलेज पढ्दासम्म घरभित्र साथीहरू ल्याउने भइसकेका थिए ।

कलेज पढ्दा बिकीको मन फिल्म र संगीततिर पोखिएको थियो । त्यतिबेलै फिल्मका तीन/चार वटा पटकथा लेखिसकेका थिए । तर, पटकथा पर्दासम्म नपुगी डस्बिनमा फालिए । बिकी फर्केर हेर्छन्, ‘ती फिल्म बनाउन लायक थिएनन् ।’ एक समय बिकी ड्रमर थिए । गितार, भ्वायलिन, ड्रमसँग त उनको गहिरो प्रेम थियो । चार वर्ष त ब्यान्डमै बरालिए । त्यतिन्जेल उनीभित्रको कमेडियनलाई उनैले छाम्न पाएका थिएनन् । बिकीले अंग्रेजीमा मास्टर्स गरे । र, उनी गाउँकै स्कुलमा मास्टर बने । आमा पनि छोरा शिक्षक भएको हेर्न चाहन्थिन् ।

जीवनले एकदिन नयाँ मोड लियो । त्यो मोड उनीहरूकै मुडले सिर्जना गरेको थियो । ‘सिक्किममा अहिलेसम्म स्ट्यान्डर्ड कमेडी भएको छैन, हामी गरौं,’ बिकी र बिटी कान्छा मिलेर योजना बुने । योजनामुताबिक कार्यक्रम भयो । बिकीले पनि पहिलो पटक कमेडी गरे । सोचेका थिएनन्, कार्यक्रमबाट आफू हिट हुन्छु भनेर । मनभरि आँट बटुले, ‘कमेडी त म पनि सक्दो रहेछु ।’ त्यही क्रममा नेपालमा ‘कमेडी च्याम्पियन सिजन २’ सुरु हुन लागेको थाहा पाए । नेपाल घुम्ने चाहना थियो । त्यसकै लागि अप्लाइ गरे, छनोट पनि भए ।

पहिलो पटककै शोमा ‘सातौं आश्चर्य’ भयो । ‘गोल्डेन–की पाएर सिधै टप टेनमा पुगेछु,’ बिकी सम्झन्छन् । त्यसबेला पाएको ‘गोल्डेन–की’ लाई पछि आमाले काँचभित्र सजाएर राखिन् । कमेडी च्याम्पियनमा सुरु भएको यात्राले बिकीलाई नयाँ पहिचान दियो । उनको लवज, शैली र हास्यव्यंग्य चेतको तारिफ दर्शकहरूले गर्दै गए । कमेडीमा पनि नयाँ प्रयोग गरेर ‘रिस्क’ मा रमाउन चाहन्थे उनी । त्यही ‘रिस्क’ उनले कमेडी च्याम्पियनको अन्तिमतिर ‘प्यान्टोमाइम’ मार्फत लिए । निर्णायकले नरुचाए पनि दर्शकहरूको स्याबासी पाए ।

उनी च्याम्पियन त बन्न सकेनन् । तर कमेडी च्याम्पियनको मैदानबाट निस्केपछि धेरै कमेडियनको करिअरको रथ हाँकिरहेका छन् । युवाकेन्द्रित कार्यक्रम ‘आम्मा कसम याँ दुख्छ’ होस् वा अहिले धेरैको रोजाइमा पर्ने ‘कमेडी दरबार’, जीवनसाथी श्रद्धा र बिकीले कुशलतापूर्वक हाँकिरहेका छन् । अब बिकीका पाइला फिल्म क्षेत्रतिर लम्किरहेका छन् । सोमबारमात्र जीवनसाथी श्रद्धा र उनले पहिलो फिल्म ‘क का कि की’ घोषणा गरेका छन् ।

उतिबेला सेमीफाइनलमा पुग्नुअघि नै विक्कीले सोचेका थिए, ‘च्याम्पियन बनुँ नबनुँ, तर त्यसपछिको मैदानमा आफू तयार हुनुपर्छ ।’ ‘च्याम्पियन’ बन्न त दर्शक मात्र हैन, भोट पनि चाहिन्थ्यो । भोटको संघर्ष त झन् कठिन । त्यतिबेला आमा दुर्गाले छोरालाई भोट माग्न स्टलै राखेर बसिन् । बिकीले अरूले भनेको सुने, ‘तिम्रो आमा त कस्तो खट्नुभएको । तिम्रा लागि भोट माग्न स्टल लगाएर बस्नुभएको छ ।’ दुर्गा फोनमा हौसिँदै छोरालाई भन्थिन्, ‘बाबु, पैसाको टेन्सन नगर, राम्रो पर्फमेन्स दे ।’

छोराको अलिअलि नाम बन्दै गर्दा आमाको अनुहारको उज्यालो सम्झँदा बिकीभित्र सन्नाटा छाउँछ । ‘अब म जति नै सफल भए पनि सन्तुष्ट हुन्न’ बिकी पुनः भावुक सुनिन्छन् । सिर्जनामा असन्तुष्टि लाभदायी छ । बिकीलाई त यसले झन् स्वप्नशील बनाउँछ । त्यसकारण जोखिम मोल्छन्, डराउँदैनन् । आमा गुमेपछि बाँकी डर र पीडाहरू उनलाई नगन्य लागेका छन् । भनिन्छ पनि, संसारमा आमाभन्दा ठूलो केही छैन । ‘त्यसकारण आमा गुमाउनुको पीडाभन्दा ठूलो पीडा पनि केही छैन,’ बिकी दह्रो छाती बनाउँदै भन्छन् । पीडालाई पचाएका बिकीलाई शुभचिन्तकहरू अहिले ‘लङ रेसको घोडा’ ठान्छन् । सायद दुर्गा पनि छोरा परपरसम्म दौडिरहेको त हेर्न चाहन्थिन् ।

Previous Post

‘ग्राहक फर्काउनु पर्दा दुःख लाग्छ’

Next Post

भोटेकोशीमा आकस्मिक बाढी, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Next Post
भोटेकोशीमा आकस्मिक बाढी, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा आकस्मिक बाढी, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन