• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अब अस्थायी शिक्षकहरुलाई उमेरहद नलाग्ने, पास हुन नसक्नेलाई ‘गोल्डेन ह्याण्डसेक’

नीतिप्रेस by नीतिप्रेस
August 10, 2025
in नेपाली समाचार आजको, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले भर्खरै समितिले सर्वसम्मतिले पारित गरेको शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा विधेयक जागिरेमुखी नभएर उत्पादनमुखी शिक्षा हुनुपर्छ भनेर अगाडि बढेको बताए ।

‘यो शिक्षकप्रति पनि उत्तरदायी छ, विद्यार्थीप्रति पनि उत्तरदायी छ । असल शिक्षक बनेन भने विद्यार्थी असल हुँदैन भन्ने मनशाय राखेर विधेयक अगाडि बढेको छ । शिक्षक असल, अनुशासित र योग्यताप्राप्त हुनुपर्छ भन्ने छ । यो विधेयकले अब जागिरेमुखी शिक्षा होइन, उत्पादनमुखी शिक्षा हुनुपर्छ भनेर बोलेको छ । कार्यान्वयन गर्ने काम सरकारको हो,’– उनले भने ।

साथै, उनले शिक्षक महासंघका पदाधिकारीहरुले आफूहरुसँग एउटा सहमति गरेर बाहिर अर्को बोल्ने गरेको बताए । सभापति थापाले आफूले महासंघका अध्यक्ष, महासचिवलगायतसँग पटक–पटक छलफल गरेको र प्रायः जसो सबै विषय सहमतिमै टुङ्ग्याइएको बताए । महासंघले अहिले अस्थायी शिक्षक सबैलाई स्थायी गराउन भनिरहेको उनले बताए । उनले राज्यले त्यसो गर्न नसक्ने बताए ।

‘मलाई महासंघसँग के चित्त बुझिरहेको छैन भन्दा भित्र आउने र हामीसँग सहमति गर्ने, बाहिर होइन भन्दै गर्ने । यस्तो हुन हुँदैन । असार १६ गते नै पास हुने विधेयकलाई साउनको २०/२१ गते हामीले पास गरेका छौं । पटक–पटक उहाँहरुसँग सरकारले छलफल गरेको छ । बीचमा मैले पनि छलफल गरेको छु । अध्यक्ष, महासचिवलगायतका साथीहरुसँग बसेर मैले पनि छलफल गरेको छु । छलफलमा उहाँहरु ठीक छ भन्नुहुन्छ । बाहिर भाषणमा अर्कै,’ उनले भने ।

समितिका सभापति थापाले अब अस्थायी शिक्षकलाई प्रतिस्पर्धा गर्नका लागि उमेरहद नलाग्ने र उनीहरुले आयोग पास गर्न सकेनन् भने गोल्डेन ह्याण्डसेकमार्फत विदाइ गरिने व्यवस्था ऐनमा समावेश गरिएको बताए ।

‘अब अस्थायी शिक्षकहरुलाई प्रतिस्पर्धा गर्न उमेरको हद लाग्दैन । यदि पास हुन सक्नुभएन भने उहाँहरुलाई गोल्डेन ह्याण्डसेक दिएर पठाउने भनिएको छ । आयोग दिन पनि पाउने, आयोगबाट फेल भएपछि गोल्डेन हेण्डसेक पनि पाउने भनिसकेपछि कस्तो सुविधा चाहिएको हो ? मलाई थाहा भएन । पेन्सन चाहिएको हो भने अस्थायीलाई स्थायी गराउन सकिँदैन । मैले त सुरुदेखि नै भनेको हो । स्वतः स्थायी हुँदैन, स्वतः बढुवा हुँदैन । मैले पहिला नै भनेको हो,’– उनले भने ।

साथै, उनले भर्खरै ४२ हजार नयाँ दरबन्दी सिर्जना गरिएको पनि बताए । नयाँ दरबन्दी सिर्जना गरेर अस्थायी शिक्षकहरुलाई ६० प्रतिशत कोटा दिँदा कसरी अन्याय भयो भन्दै उनले प्रश्न गरे ।

‘४२ हजार दरबन्दी हामीले सिर्जना गर्यौं । अस्थायी साथीहरुलाई प्रतिस्पर्धा गर्न ६० प्रतिशत दिएकै छ । उहाँहरुको ७५ प्रतिशत माग थियो । हामीले मिड पोइन्ट ६० हो भनेर व्यवस्था गरेका छौं । यो पनि अन्याय भएको हो र ? पास गर्न सक्दैनौ, हामीले पास गराउन भएन, चिट चोराउन भएन,’– उनले भने ।

उनले अबको शिक्षा उत्पादनमुखी र आत्मनिर्भर हुनुपर्ने बताए । उनले शिक्षा विधेयकमा १६५ जना सांसदले संशोधन हालेको, १ हजार ७ सय ५८ दफामा संशोधन रहेको, सातैवटा प्रदेशमा गएर नागरिक समाज, शिक्षक, विद्यार्थी र सबै जनप्रतिनिधिबाट रायसुझाव लिएर आफूहरुले विधेयक टुङ्ग्याएको पनि बताए ।

Previous Post

पोखरा ट्रेड मलमा किनमेल गर्दा ५० प्रतिशतसम्म छुट पाइने

Next Post

महाशाखा प्रमुख र वडा सचिवहरूलाई मेयर आचार्यको निर्देशन – आफ्नो कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्नू

Next Post

महाशाखा प्रमुख र वडा सचिवहरूलाई मेयर आचार्यको निर्देशन - आफ्नो कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्नू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन