पोखरा । लागू औषध सम्बन्धी मुद्दामा थुनामा रहेका कारागारका कैदीको उपचारका क्रममासुनसरीमा मृत्यु भएको छ ।
सुनसरीको झुम्का कारागारमा रहेका कैदी विकास राईको उपचारको क्रममा मृत्यु भएको हो।
लागू औषध सम्बन्धी मुद्दामा थुनामा रहेका राई बुधबार बिहान अचानक बेहोस भएपछि अस्पताल लगिएको थियो।
भोजपुर हतुवागढी गाउँपालिका–८ घर भई हाल धरान उपमहानगरपालिका–१२ मा बस्दै आएका २८ वर्षीय विकास राई ०८१ चैत २६ गतेदेखि झुम्का कारागारमा थुनामा थिए। लागू औषध मुद्दामा २५ हजार रुपियाँ धरौटी तिर्न नसकेका कारण उनी थुनामा रहेको जेलर सुवास लामिछानेले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार उनी बिहान करिब ५स्१५ बजे अचानक बेहोस भएर ढलेका थिए। उनलाई तत्काल इनरुवा अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहान करिब ५स्४५ बजे उनको मृत्यु भएको हो।






