• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सिचुवान एयरलाईन्सले पोखरा छेन्दु-अष्ट्रेलिया उडान भर्ने

नीतिप्रेस by नीतिप्रेस
September 4, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाईन्सले पोखरा–छेन्दु–अष्ट्रेलियाको उडान भर्ने तयारी गरेको छ ।सिचुवान एयरलाईन्सले अक्टोबरदेखी पोखरा विमानस्थलबाट चीनको छेन्दु र त्यहाँबाट अष्ट्रेलियाको उडान गर्नेगरी तयारी गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । पोखरा–छेन्दु–अष्ट्रेलियाको उडानले नेपाली यात्रुहरुलाई धेरै सहज हुने उहाँले बताउनु भयो । पोखरा विमानस्थलबाटै अष्ट्रेलियासम्मको यात्रा तय गर्नसक्ने अवस्था बन्नु खुशीको कुरा भएको उहाँले बताउनु भयो ।

सिचुवान एयरलाईन्सले केही समय अगाडी पोखरा–छेन्दु–पोखराको उडान गरेको थियो । तर प्राविधिक कारण देखाएर सिचुवान एयरलाईन्सले हाल उडान स्थगित गरेको छ । उहाँले भन्नुभयो, ‘केही समय अगाडी सिचुवान एयर्सले पोखरा छेन्दु, छेन्दु पोखराको उडान गरेको थियो । र उसको प्राविधिक कारणले केही समय स्थगित गरेको छ । आउने अक्टोबरदेखि सिचुवान एयरलाईन्सले फेरि पोखरा विमानस्थलमा उडान सुचारु गर्ने तयारी गरिरहेको अवस्था छ । उसले पोखराबाट छेन्दु र छेन्दुबाट अष्ट्रेलियासम्ममा जोड्ने तयारी गरिरहेको छ ।

त्यसबाट नेपाली यात्रुहरुलाई धेरै सहज हुनेछ । उनीहरुले पोखरा विमानस्थलबाटै अष्ट्रेलियासम्मको यात्रा तय गर्नसक्ने अबस्था एउटा चाँही नयाँ खुशीको कुरो हामीसँग आउँदैछ । हाल पोखरा विमानस्थलबाट नियमित रुपमा हिमालयन एयरलाइन्सले ल्हासा–पोखरा–ल्हासामा हप्तामा एउटा उडान गरिरहेको छ ।

भूटान एयरलाइन्सले चार्टर्ड उडान गर्ने
महानिर्देशक निरौलाले भूटान एयरलाईन्सले पोखरा विमानस्थलबाट चार वटा चार्टर्ड उडान गर्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उहाँले भूटान एयरलाईन्सले सेप्टेम्बर २८ देखि ४ वटा चार्टर्ड उडान गर्ने अनुमति पाएको जानकारी दिनुभयो । उहाँकाअनुसार सेप्टेम्बर २८, अक्टोबर २, ६ र १० मा भूटान एयरलाईन्सले पारो–पोखरा–पारो चार्टर्ड उडान गर्नेछ । चार्टर्ड उडानको अनुभव र यहाँको बजार हेरेर नियमित रुपमा उडान सेवा संचालन गर्नेगरि भूटान एयरलाईन्सले तयारी गरिरहेको महानिर्देशक निरौलाले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, ‘भूटान एयरलाईन्सले सेप्टेम्बर २८ देखि ४ वटा चार्टर्ड उडान गर्नेगरी अनुमति पाइसकेको अवस्था छ । त्यसपछि उसले चार्टर्डको अनुभव र यहाँको बजार हेरेर नियमित रुपमा उडान सेवा सञ्चालन गर्नेगरी तयारी गरिरहेको अवस्था छ । भूटान एयरलाईन्सले पारो पोखरा, पोखरा पारो चाँही चार्टर्ड उडान गर्नेगरी उसले अनुमति पाइसकेको छ । यो मिति भनेको सेप्टेम्बर २८, अक्टोबर २, अक्टोबर ६ र अक्टोबर १० मा गर्नेगरि यसले चाहीँ अनुमति पाएको छ ।


महानिर्देशक निरौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई, मलेसिया र बैंककसम्मको उडान गर्नेगरी निजी क्षेत्रका विदेशी वायु कम्पनीले पनि तयारी गरेको उहाँले जानकारी दिनुभयो । यद्यपि यसबारेमा भने निर्णय गर्न बाँकी रहेको उहाँको भनाई छ । यसको लागि स्थानीय सरकार, प्रदेश सरकार र यहाँका उद्योगी व्यवसायी, पर्यटन व्यवसायीहरुले पहल कदमी लिनुपर्ने उहाँले बताउनु भयो । एयरलाईन्स, एयरपोर्ट बिजनेस एउटा मात्रै सरकारको पहलले सम्भव नहुने उल्लेख गर्नुहुँदै उहाँले यहाँका स्थानीय पर्यटन व्यवसायी सबै मिलेर हातेमालो गरेको खण्डमा यो विमानस्थलमा नियमित रुपमा हवाई सेवा सुचारु गर्न सकिने बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईसम्मको उडान गर्ने, त्यस्तै मलेसिया, बैंककसम्मको उडान गर्नेगरी निजी क्षेत्रका वायु कम्पनीहरु भन्नाले विदेशी वायु कम्पनीलहरुले तयारी गरिरहेको अवस्था छ । यद्यपि यो के भने निर्णय प्रक्रियामा रहेको छ । यसमा चाहीँ यहाँका स्थानिय सरकार, प्रदेश सरकार र यहाँका उद्योगी, व्यवसायी, पर्यटन व्यवसायीहरुले चाहीँ पहल कदमी लिनुपर्ने हुन्छ । किनभने यो एयरलाईन्स विजनेस, एयरपोर्ट विजनेस भनेको एउटा मात्रै सरकारको पहलले सम्भव नहुने विषय भएको हुनाले यहाँका स्थानिय पर्यटन व्यवसायी सबै मिलेर चाहीँ हातेमालो गरेको खण्डमा यो विमानस्थलमा नियमित रुपमा हवाई सेवा सुचारु गर्न सकिन्छ भन्नेमा हामी आशावादी छौँ ।


महानिर्देशक निरौलाकाअनुसार पोखरा नयाँ विमानस्थलबाट हाल दैनिक ४० भन्दा बढी आन्तरिक हवाई उडानहरु भइरहेका छन् । आन्तरिकतर्फ बुद्ध एयरलाईन्स, यति एयरलाईन्स र श्री एयरलाईन्सले नियमित रुपमा उडान गरिरहेको उहाँले जानकारी दिनुभयो । हाल अफसिजनमा पनि दिनमा २ हजार भन्दा बढी यात्रुहरुले आवगमन गरिरहेको उहाँले बताउनु भयो । सेप्टेम्वर १५ देखि भने पर्यटन सिजन लाग्ने र त्यस बेलामा भने दैनिक ५० भन्दा बढी उडान हुने उहाँको भनाई छ ।

करिव ४ हजार यात्रुले आवतजावतको सेवा लिने उहाँले जानकारी दिनुभयो । विगतको तथ्याङ्कअनुसार पनि ४ हजारको हाराहारीमा पिक सिजनमा र अफसिजनमा २ हजार भन्दा बढी यात्रुहरुले सेवा लिएको उहाँले जानकारी दिनुभयो । पोखराको पुरानो विमानस्थलबाट भने हाल समिट एयरले पोखराबाट जोमसोमको उडान शुरु गरेको उहाँले जानकारी दिनुभयो । पुरानो विमानस्थलबाट हेलिकप्टर सेवा नियमित रुपमा भईरहेको उहाँको भनाई छ ।

Previous Post

विधिवत रुपमा इन्द्रजात्रा शुरु

Next Post

यातायात प्रणालीलाई पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउन इम्बोस्ड नम्बर प्लेट अनिवार्यः मन्त्री दाहाल

Next Post

यातायात प्रणालीलाई पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउन इम्बोस्ड नम्बर प्लेट अनिवार्यः मन्त्री दाहाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन