• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

यातायात प्रणालीलाई पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउन इम्बोस्ड नम्बर प्लेट अनिवार्यः मन्त्री दाहाल

नीतिप्रेस by नीतिप्रेस
September 4, 2025
in नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने कार्यले समग्र यातायात प्रणालीलाई पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा सभाको शून्य र विषेश समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले डिजिटल नेपाल अभियानलाई अगाडि बढाउन यातायात क्षेत्रलाई पनि पूर्णरूपमा डिजिटलाइज गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँकाअनुसार हालसम्म सरकारले राहदानी, राष्ट्रिय परिचय पत्र, चालक अनुमति पत्र, सवारी दर्ता र जग्गा व्यवस्थापन लगायतका सेवाहरूलाई डिजिटल प्रविधिमा रूपान्तरण गरिसकेको छ । उहाँले इम्बोस्ड नम्बर प्लेट प्रणाली लागू भएपछि सवारी साधनको स्पष्ट जिल्ला र प्रदेशको एकीकृत विवरण प्राप्त गर्न सहज हुने बताउनु भयो ।

उहाँले इम्बोस्ड नम्बर प्लेटले ट्राफिक व्यवस्थापन, सडक अनुमति प्रणाली र आपराधिक गतिविधि नियन्त्रणमा प्रभावकारी सहयोग विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारले डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै सरकारका तर्फबाट प्रवाह हुने विभिन्न सेवाहरु राहदानी, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र, सवारी दर्ता र जग्गा लगायतको क्षेत्रमा डिजिटलाइज प्रविधि अवलम्बव गरेको अवस्था छ । सोअनुरुप नै यातायात क्षेत्रलाई समेत डिजिटलाइज गर्दै लैजानुपर्ने अवस्थामा मुलुक पुगेको छ ।

सवारी साधनहरुमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरिसकेपछि जिल्ला, प्रदेश तथा मुलुकमा रहेका सवारी साधनको एकीन विवरण प्राप्त हुने, त्रृतिम बौद्धिकतामा आधाररित ट्राफिक तथा सडक व्यवस्थापनमा सहयोग पुग्ने, सडक इजाजत सम्बन्धमा पारदर्शी विवरण प्राप्त हुने सवारी तथा यातायातको आवागमनलाई समेत थप व्यवस्थित बनाउन योगदान पुयाउनुको साथै सवारी साधन चोरी, अपराधिक गतिविधि, राजश्व छली लगायतका कार्यहरु नियन्त्रण गर्न सहजता हुने र विपद् व्यवस्थापनमा समग्र पक्षहरुको व्यवस्थापनमा समेत योगदान पुग्ने गर्दछ । यसबाट समग्र यातायातसम्बन्धी नीति, योजना र कार्यक्रमहरु निर्माण तथा कार्यान्वयन गर्न दिशा निर्देश गर्ने कुराहरु म यहाँ राख्न चाहान्छु ।

यसको सम्झौताको हकमा २०७३ जेठ १७ मा पाँच वर्षका लागि २५ लाख इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने सम्झौता भएको र पछिल्लो पटक २०८२ मंसिर ११ सम्म म्याद रहनेगरी सम्झौता भएको छ । यस कार्यलाई थप व्यवस्थापन गर्न विभागबाट मिति २०८१ फागुन १९ मा ‘इम्बोस्ड नम्बर प्लेटसम्बन्धी निर्देशिका जारी गरिएको व्यहोरा पनि जानकारी गराउन चाहन्छु । इम्बोस्ड नम्बर प्लेट उत्पादनको लागि २०७३ जेठ १७ गते पाँच वर्षका लागि सम्झौता भएकोमा पछिल्लो पटक यो म्याद २०८२ मंसिर ११ सम्म लम्ब्याइएको मन्त्री दाहालले जानकारी दिनुभयो ।

उहाँले हालसम्म ६ लाख ३५ हजार ५ सय ४५ इम्बोस्ड नम्बर प्लेटहरु छपाई भइसकेको र सम्बन्धीत कम्पनीलाई ९३ लाख अमेरिकी डलर भुक्तानी समेत भइसकेको जानकारी दिनुभयो । उहाँले इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्दा अन्तर्राष्ट्रिय आवागमन सहज गर्नलाई राखिएको उल्लेख गर्नुभयो ।

Previous Post

सिचुवान एयरलाईन्सले पोखरा छेन्दु-अष्ट्रेलिया उडान भर्ने

Next Post

राजनीति ठिक हुने बित्तिकै देशले प्रगति गर्छः सभामुख घिमिरे

Next Post

राजनीति ठिक हुने बित्तिकै देशले प्रगति गर्छः सभामुख घिमिरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन