• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गाजामा इजरायली आक्रमण : एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
September 22, 2025
in अन्तर्राष्ट्रिय समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गाजा सहरको साबरा क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु भएको छ। इजरायलले गाजा पट्टीमा आफ्नो आक्रमणलाई तीव्र पारेको छ।आइतबार बिहानै इजरायली युद्धक विमानहरूले साबरा क्षेत्रमा घरहरूको समूहमा बमबारी गरेको थियो। गत अगस्टको अन्त्यमा इजरायली ट्याङ्कहरूले यस क्षेत्रलाई ध्वस्त पार्ने र कब्जा गर्ने योजनाका साथ अघि बढ्न थालेका थिए।

आक्रमणपछि कम्तीमा १७ जनाको उद्धार गरिएको छ भने अन्य ५० जनासम्म भग्नावशेषमुनि फसेको हुनसक्ने अनुमान गरिएको छ। मानिसहरू र आपत्कालीन उद्धारकर्ताहरूले आफ्नो हातले भग्नावशेष हटाएर उद्धार कार्य जारी राखेका छन्।प्यालेस्टिनी परिवारले भग्नावशेषमा फसेका अन्य सदस्यहरूलाई बाहिर निकाल्न मद्दतका लागि तत्काल अपिल गरेका छन्।\

परिवारका सदस्यहरूले भग्नावशेषबाट अझै पनि आवाजहरू सुनिरहेको बताएका छन्।एक परिवारका सदस्यले भने, ‘म सम्पूर्ण विश्वलाई अपील गर्दछु: कृपया हामीलाई सहयोग गर्नुहोस्। हाम्रा आफन्तहरू जिउँदै पुरिएका छन्। हामी भग्नावशेषमुनिबाट उनीहरूको चिच्याहट सुनिरहेका छौं, तर हामी उनीहरूसम्म पुग्न सकिरहेका छैनौँ।’

उनले उद्धारकर्मीहरूले काम गरिरहेको बेला इजरायली ड्रोनहरूले गोली चलाएको पनि बताए। ‘हामीले जतिबेला उनीहरूसम्म पुग्ने प्रयास गर्छौं, इजरायली ड्रोनहरूले हामीमाथि गोली चलाउँछन्। पाँच जना मानिसले प्रयास गर्दा चार जना मारिन्छन् र एक जना मात्र बाँच्छन्,’ उनले थपे।

अनलाइनमा प्रसारित फुटेजमा घाइतेहरूलाई एउटा सानो गाडीमा राखेर लगिरहेको देखाइएको छ। भिडियोमा एक आमा रुँदै इजरायली आक्रमणमा आफ्ना ‘सबै बच्चाहरू’ गुमाएको बताइरहेकी छन्।

—> अरु समाचार एता पढ्नुहोस् <—

Previous Post

नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

Next Post

यो लोकमा हुँदासम्म पुष्प कमल दाहाल प्रचण्ड ले हाम्रो नेतृत्व गर्नुपर्छ : मातृका

Next Post
मातृका यादव speech

यो लोकमा हुँदासम्म पुष्प कमल दाहाल प्रचण्ड ले हाम्रो नेतृत्व गर्नुपर्छ : मातृका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन