माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेता मातृका यादवले पार्टीमा प्रचण्डको विकल्प नभएको बताएका छन् आइतबार बसेको पदाधिकारी बैठकमा उनको भनाइ उदृत गर्दै एक नेताले भने, ‘प्रचण्डले यो लोकमा हुँदासम्म हाम्रो नेतृत्व गर्नुपर्छ। यो लोकमा मात्रै होइन साँच्चै परलोक हुन्छ भने त्यहाँपनि उहाँले नै हाम्राे नेतृत्व गर्नुपर्छ ।’
यादवले जेएनजी आन्दोलनले पुराना पार्टीका सोच विचार ध्वस्त पार्दा पनि पदाधिकारी तहमा भने नफिरेको दाबी समेत गरे । यसैगरी यादवले प्रचण्डलाई आफैं फस्नेगरी धेरै नबोल्न समेत सुझाव दिएको ती नेताको भनाइ छ । आवश्यक भने अध्यक्षको रक्षका लागि आफूहरु पनि बोल्न तयार रहेको भन्दै उनले आफैं भने फस्नेगरी धेरै नबोल्न आग्रह गरेका हुन् ।






