• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आगजनी, तोडफोड र लुटपाट गर्ने जेनजी होइनन् : मुख्यमन्त्री आचार्य

नीतिप्रेस by नीतिप्रेस
September 26, 2025
in नेपाली समाचार आजको, राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगजनी, तोडफोड र लुटपाटमा जेनजीहरू संलग्न नभएको दाबी गरेका छन्। उनले आन्दोलनका क्रममा आपराधिक समूहले जेनजीको नाम प्रयोग गरेर गतिविधि बढाएको टिप्पणी गरेका हुन्।

भदौ २३ र २४ गतेको आन्दोलनमा पश्चिम नवलपरासी जिल्लामा प्रभावित सरकारी कार्यालय, व्यावसायिक भवन तथा निजी घरहरूको शुक्रबार अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो धारणा राखेका हुन्।

उनले भने- “आन्दोलनका नाममा सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्नेहरू जेनजी होइनन्। आपराधिक समूहले जेन९जी०को आन्दोलनको लाभ उठाएको छ।”

यसअघि अर्घाखाँची, प्युठान, दाङ, बाँके र रुपन्देहीका प्रभावित कार्यालयहरूको निरीक्षण गरिसकेका मुख्यमन्त्री आचार्यले पश्चिम नवलपरासीका विभिन्न स्थानमा पुगेर अवलोकन गरेका हुन्।

मुख्यमन्त्री आचार्यले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेलाई पहिचान गरी कानुनी दायरामा ल्याउन सङ्घीय सरकारसँग माग गरेका छन्। साथै, जनताको काम टेन्टमुनि बसेर भए पनि निरन्तरता दिने विश्वास दिलाएका छन्। 

आन्दोलनका क्रममा पश्चिम नवलपरासीको सरावल गाउँपालिका, बर्दघाट नगरपालिका, वडा कार्यालय, जनप्रतिनिधिको निवास, होटल तथा रेस्टुरेन्टमा समेत तोडफोड, आगजनी र लुटपाट भएको थियो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको प्रारम्भिक विवरणअनुसार आन्दोलनका क्रममा १३२ सरकारी कार्यालय, ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका पार्टी कार्यालय र १४ प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी भएको छ।

Previous Post

नागरिक एपमा स्वचालित रूपमा फोटो भेरिफिकेसन हुने

Next Post

घटनापूर्व सम्भावित कारणहरूको आकलन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी : आयोग

Next Post

घटनापूर्व सम्भावित कारणहरूको आकलन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी : आयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन