• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दसैँको मुखमा चीनबाट पर्याप्त कन्टेनर नआउँदा व्यापारीहरू मारमा

नीतिप्रेस by नीतिप्रेस
September 26, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चिनियाँ पक्षले कन्टेनर कम छाड्दा नेपाली व्यापारीहरू समस्यामा परेका छन् ।

नेपालीहरूको पर्व दसैँको मुखमा पनि अन्य समयभन्दा कम कन्टेनर चिनियाँ पक्षले छाडेका भन्दै व्यापारीहरूले‍ गुनासो गरेका हुन् । 

पहिरोले यो नाका करिब दुई महिनादेखि अवरुद्ध थियो । बल्लतल्ल नाका खुल्दा पनि चिनियाँ पक्षले कम कन्टेनर छाडेपछि दसैँलक्षित सामान ल्याउन समस्या भएको उनीहरूले बताएका छन् ।

नेपाल चाइना चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य रमेश शेर्पाले अनुसार नेपाली पक्षबाट पहल नपुगेकाले चीनले कम कन्टेनर छाडेको बताए । 

व्यापारीले कहिले पहिरोको मार खेपेर सामा ल्याउन सकेनौँ । अब अहिले पहिरोले अवरुद्ध सडक खुल्यो तर चिनियाँहरू कम कन्टेनर छाडेपछि समस्या भयो,’ शेर्पाले भने, ‘नेपाली पक्षको भन्सार पक्षबाट पनि अलि पहल पुगेन । चिनियाँ पक्षले के कारणले कम कन्टेनर छाडेको हो भन्न सकेको छैन । व्यवसायी मारमा परेका छौँ, दसैँको सामान दिन सकिरहेका छैनौँ ।’

नेपाली भूभागमा भएको सामानको कुनै समस्या नभए पनि चिनियाँ भूभागमा भएको कन्टेनर नेपाल प्रवेश नहुँदा समस्या भएको ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरुद्र थापाले बताए ।

‘चीनबाट सहज रूपमा गाडीहरू आउन सकेको छैन । जति सामान आउनुपर्ने थियो त्यति आउन सकेको छैन,’ थापाले भने, ‘यो चाडपर्वको बेलामा २५-३० कन्टेनर त आउनुपर्थ्यो तर हिजो ५-७ कन्टेनर मात्रै नेपाल आएका छन् ।  चाडपर्वलक्षित धेरै सामान आउनुपर्ने थियो त्यो आउन सकिरहेको छैन ।’

चीनको व्यवस्थापनले चासो नदिएको हो वा उनीहरूको केही आफ्नै समस्या छ त्यसबारे बुझ्न नसकिए थापाले बताए । भने, ‘नेपालीको तर्फबाट सबै पहल भइरहेको छ ।’

दसैँ लक्षित सामान बोकेको कन्टेनहरू चीनले छाड्न नचाहेको कारणबारे जानकारी नपाइएको हिमालय सिमापार वाणिज्य संघ सदस्य बलराम ढकालले बताए । उनका अनुसार चीनले नेपाली कन्टेनर नछाड्‌नुपर्ने केही कारण भनेको छैन ।

ढकालले भने, ‘दसैँ आइसक्यो तर चीनले सहज रूपमा कन्टेनर छाड्‌न मानिरहेको छैन । नेपाली चाडपर्वकेन्द्रित सामान भन्ने चीनलाई पनि थाहा छ, उसले छाड्‌नुपर्थ्यो तर छाडेन ।’ चीनको आफ्नै नियम हुने र त्यसैअनुसार सामान नपठाएको हो कि भन्नेमा उनले शंका गरे । 

चीनबाट पर्याप्त सामान आउन नसकेको अर्का व्यवसायी शारदा प्रसाद पराजुलीले पनि बताए । चीनमा करिब दुई सय नेपाली कन्टेनर जाममा रहेका बताएका उनले भने, ‘जाम धेरै नै छ भन्ने कुरा आएको छ । भेँडाच्याङग्राले गर्दा पनि अलि जाम नै हुन्छ ।’ उनका अनुसार चीनको रमितेमा दुई सयजति नेपाली गाडी जाम भएर बसेका छन् । 

अरू बेलाको तुलनामा बिहीबार चीनबाट कम कन्टेनर आएको तातोपानी भन्सार सिन्धुपाल्चोकका सूचना अधिकारी रमेश शाहले बताए । यसबारे चीनमा कुरा भइरहेको पनि उनले जानकारी दिए । ‘हामीले रेगुलर रूपमा कोडिनेसन गरेका छौँ,’ सूचना अधिकारी शाहले भने, ‘हाम्रो प्रमुख भन्सार अधिकृतज्यूले न्यालम भन्सारमा पनि कुरा गरिसक्नु भएको छ ।’

बिहीबार नेपालतर्फबाट पनि कन्टेनरहरू चीनमा पठाएको थियो । ‘हिजो उहाँहरूको जनशक्ति पनि कम थियो कि के थियो, अरूपछिको तुलनामा अलि कम नै कन्टेनर छाडे,’ शाहले भने, ‘अब २०-२५ वटा कन्टेनर आउने अपेक्षा गरेका छौँ । हामीले चीनको भन्सारसँग समन्वय गरिरहेक छौँ । हामी सम्पर्कमै छौँ ।’ 

चिनियाँहरूले आफूहरूको जनशक्तिले धान्ने जति कन्टेनर पठाउने म्यासेज पठाएको शाहको भनाइ छ । ‘उनीहरूलाई नेपालीको ठुलो चाडपर्व भन्ने पनि थाहा छ, सामान रोकिएको पनि थाहा छ भनेका छन्,’ शाहले भने, ‘हाम्रो जनशक्तिले धान्ने जति पठाउने म्यासेज पठाएका छन् ।’

भोटेकोशी गाउँपालिका-२ मा पर्ने कोदारी सडकखण्डको इको पहिरोमा साउन १७ गते राति खसेको पहिरोले अवरुद्ध सडक भदौ ६ गते मात्रै खुलेको थियो । 

Previous Post

जनकपुरधामस्थित राजदेवी मन्दिरमा राेकिएनन् चाेरीका घटना

Next Post

बेलायती प्रधानमन्त्रीकाे प्रस्ताव : अवैध आप्रवासनलाई रोकाैँ

Next Post

बेलायती प्रधानमन्त्रीकाे प्रस्ताव : अवैध आप्रवासनलाई रोकाैँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन