१२ औं अन्तर्राष्ट्रिय हतियार तथा रक्षा उपकरण मेला पार्टनर २०२५ शुक्रवार सर्बियाको बेलग्रेडमा सम्पन्न भएको छ । रक्षा मन्त्रालयकाअनुसार यस कार्यक्रममा ३० भन्दा बढी देशका २ सय प्रदर्शकहरूले सहभागिता जनाएका थिए । जसमा अग्रणी युरोपेली र विश्वव्यापी रक्षा कम्पनीहरू पनि समावेश थिए ।
प्रमुख युरोपेली सहभागीहरूमा फ्रान्सको सफ्रान र थेल्स, चेक गणतन्त्रको एरो भोडोचोडी र सेस्का ज्ब्रोजोभ्का, साथै स्विट्जरल्याण्डको बी एन्ड टी एजी समावेश छन् । मेलामा लडाई प्लेटफर्म, मानवरहित हवाई सवारी साधन, सञ्चार र रसद प्रणालीमा सर्बियाली र अन्तर्राष्ट्रिय आविष्कारहरू प्रदर्शन गरिएका थिए ।






