नेकपा (माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जेनजीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढन आफूहरुलाई पार्टी एकीकरणको अभियानलाई अघि बढाएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित पार्टी राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै उहाँले जेन–जी आन्दोलनको मुद्दालाई आत्मासात गरेर उनीहरुलाई पनि सामेल हुनेगरी नौ वटा कम्युनिष्ट पार्टीहरुबीच एकीकरणको काम गर्नुपरेको बताउनुभएको हो । उहाँले नेकपा एससहितका नौ वटा कम्युनिष्ट पार्टीहरुको बीचको एकीकरण नेपालको कम्युनिष्ट पार्टीहरुको एकीकरणको कोशेढुंगा सावित हुने दाबी समेत गर्नुभयो ।






