पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल राष्ट्रिय अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै पूर्वमन्त्री सुदन किराँतीले फागुन २ज्ञ मा कुनैपनि हालतमा निर्वाचन हुनुपर्ने बताउनु भयो । नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर रहेको भन्दै ट्रयाकमा फर्काउन निर्वाचनको विकल्प नभएको बताउनु भयो । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुन नसक्ने उहाँको भनाइ छ । आगामी निर्वाचनबाट विगत ३५ वर्ष यता सत्तामा रहेका अनुहारलाई विस्थापन गर्नुपर्ने जरुरी रहेको बताउनु भयो ।






