नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पदभार ग्रहण गर्नुभएको छ । बिहीवार मधेस प्रदेशमा पुगेर कर्णले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सबै मिलेर काम गरे समस्या समाधान हुने बताउनु भयो । सीताको धर्तीमा सबै सीतारुपी सांसदहरुले स्वागत गर्दा आफू खुशी भएको बताउनु भयो । सबैसँग सहकार्य र समन्वय गरेर नै आफू अघि बढ्ने बताउनु भयो ।






