मुलुकको अर्थतन्त्रका सूचकांकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकलले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८२ को त्रैमासिक प्रतिवेदनमा अर्थतन्त्रका सूचकांकहरु सकारात्मक देखिएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार महँगीदर घटेको छ भने मुलुकमा वाह्य लगानी आउने क्रम पनि बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले ३ महिनामा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १ दशमलव ४७ प्रतिशत रहेको उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको थियो ।






