मकवानपुरको भीमफेदी गाउँपालिका १, बुङदलस्थित भित्री सडकखण्डमा गतराती मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बा प्र ०३००५ प ७९८० नम्बरको मोटरसाइकल बुङदल खोलाको पुलमाथिबाट करिव ५० फिट तल खसेपछि घटनास्थलमै दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले बताउनु भयो । प्रहरीकाअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक ३९ वर्षीय वीरबहादुर गुरुङ, स्थायी घर हेटौँडा उपमहानगरपालिका २ चौकीटोल रहेको र पछाडि सवार ३५ वर्षीय चन्द्रबहादुर गुरुङ, स्थायी घर पूर्वी नवलपरासी, कावासोति नगरपालिका १३, हाल हेटौडा २ चौकीटोलमा डेरागरी बस्दै आएको प्रहरीले जनाएको छ ।






