मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएका छन । सोमवार दिनभर प्रधानमन्त्रीलाई भेटनका लागि सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाईल फोन अफ गरेर सम्पर्क समेत गर्न नचाहेको भन्दै खेदसमेत व्यक्त गरेका हुन् । प्रधानमन्त्री सचिवालयबाटै आफन्त र नातेदारलाई नियुक्ति गर्ने काम भएपछि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार दक्षिण गेट पुगेका उनीहरु गृहमन्त्री ओमप्रकाश अर्यालसँग समेत सम्पर्क हुन नसकेपछि निराश भएर फर्किएका छन् । उनीहरुले जेनजीहरुको आवाज सुन्ने धैर्यता राख्न पनि प्रधानमन्त्री कार्कीलाई चेतावनी दिएका छन् ।






