५ हजार ४ सय वर्षभन्दा पुरानो विश्वका केही पुराना जैतुनको रूखहरूको घर जोर्डनले हालैका वर्षहरूमा उत्पादनमा सबैभन्दा तिब्र गिरावटको सामना गरिरहेको छ । जोर्डनको कुल क्षेत्रफलको लगभग ९२ प्रतिशत भाग सुख्खादेखि अर्ध सुक्खा हावापानीमा पर्छ । कडा र खडेरी प्रतिरोधीका लागि परिचित जैतुनको रूखहरू यी परिस्थितिहरूमा फस्टाउँछन् । जोर्डनमा धेरै प्राचीन रोमन युगका जैतुनको बगैंचा अझै पनि देशभर उभिएका छन् । तर पनि यस मौसममा शताब्दी पुराना रूखहरूले पनि संघर्ष गरेका छन् ।






