प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै जेन–जी समूहले सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको छ । प्रधानमन्त्री कार्कीले जेन-जी पुस्ताको माग सम्बोधन नगरेको तथा भेट्न समेत नदिएको भन्दै मिराज ढुंगाना समूहले मंगलावार सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको हो । सिंहदरबार प्रवेश गर्न खोज्दा ढुंगाना समूह र प्रहरीबीच धकेलाधकेल समेत भएको छ । प्रदर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढुंगानाले वर्तमान सरकार जेन—जी पुस्ताको मागप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ । उहाँले आफूहरुले सुशासन मागेके भएपनि प्रधानमन्त्रीले जेन—जीका माग पूरा नगरी निर्वानको मात्र रटान लगाइरहेको आरोप समेत लगाउनु भयो ।






