यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको समावेशी समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । नुमा लिम्बूको अध्यक्षतामा दर्ता भएको उक्त पार्टीले मंगलवार दल दर्ता प्रमाण पत्र पाएको छ । दल दर्ता प्रमाणपत्र बुझ्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता विश्वराज अधिकारीले राज्यका हरेक निकायमा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउने उद्देश्यले दल दर्ता गरिएको बताउनु भयो ।






