पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन गर्नुभएको छ । आईतवार दिउँसो पूर्वराष्ट्रपति भण्डारीले जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन गर्नुभएको हो । उहाँलाई सिंहदरमा भएको वस्तुस्थितिबारे अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराउनु भयो । गत दौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी, तोडफोड भएको थियो ।






