मधेसका मुख्यमन्त्री कृष्ण यादवले पदभार ग्रहण गर्नुभएको छ । आईतवार नै पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्नुहुँदै मुख्यमन्त्री यादवले चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिनुभयो । उहाँले पहिलो दिनदेखि नै काम गर्ने उद्देश्यका साथ सरकारमा आएको बताउनु हुँदै सत्ता घटकका सबै दलबाट प्रतिनिधित्व हुनेगरी चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने बताउनु भयो ।






