नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने दाबी गर्नुभएको छ । सोमवार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । निर्वाचनबाट दुईतिहाई बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने बताउनु भयो । उहाँले दुईतिहाई मत ल्याउनको अहिलेदेखि नै तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । टोल, वडा, पालिका कुनै स्थान खाली नराखी जनताको जानुपर्ने उहाँको भनाई छ ।






