अर्को वर्ष फेब्रुअरी १२ मा बंगलादेशमा निर्वाचन आयोगले देशको १३ औं राष्ट्रिय संसदीय निर्वाचन र जनमत संग्रह हुने घोषणा गरेको छ । देशका प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले बिहीवार राति पूर्व–रेकर्ड गरिएको टेलिभिजन सम्बोधनमा यो घोषणा गर्नुभएको हो । उहाँले डिसेम्बर २९ सम्ममा मनोनयन दर्ता गर्नुपर्ने बताएको छ । जुन डिसेम्बर ३० देखि जनवरी ४ सम्म जाँच गरिनेछ । चुनाव आयोगले गत महिना १२ करोड ७० लाख भन्दा बढी मतदाता दर्ता भएको बताएको थियो ।






