प्रगतिशिल लोकतान्त्रिक पार्टीको कन्द्रिय समितिको प्रथम पूर्ण बैठक शुरु भएको छ । मंगलवारबाट काठमाडौंको एक होटलमा शुरु भएको बैठक बुधवारसम्म जारी रहनेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयवस्तुहरुमा छलफल हुनेछ । बैठकमा बोल्दै नेता राम कार्कीले समाजवादका निम्ति आफूहरु सबैसँग लडेर आएको बताउनु भयो । उहाँले समुन्नत समाजवाद आफूहरुको लक्ष्यभित्रै पर्ने जिकिर गर्नुभयो । उहाँले विवाद कम हुने शब्द सामुदायिक समाजवाद रहेको र यसबारे अझै छलफल रहेको बताउनु भयो । समाजवाद माक्सले उत्पादन गर्नुभएको शब्द नभएको बताउनु भयो ।






