भारत र नेपालबीच नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित भारत नेपाल सहकार्य विषयक गोलमेच छलफल जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ । भारतको वीरगञ्जस्थित महावाणिज्य दुतावास र नेपाल यंग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) का वीरगञ्ज तथा जनकपुरधाम अध्यायहरूको सहकार्यमा पीएचडीसीसीआई भारत नेपाल सेन्टरद्वारा आयोजित यस कार्यक्रममा स्टार्टअप संस्थापकहरू, युवा उद्यमीहरू तथा एमएसएमई (साना तथा मझौला उद्यम) प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।






