कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको दरभाउअनुसार आज गोलभेँडा ठूलो नेपाली प्रतिकेजी न्युनतम ९० रुपैयाँ अधिकतम १०० रुपैयाँ र औसतमा ९५ रुपैयाँ रहेको छ । त्यस्तै ठूलो गोलभेँडा भारतीय औसतमा ११५ रुपैयाँ छ भने सानो लोकल ७३.३३ रुपैयाँ छ । सानो टनेल वाला गोलभेँडा १०२.२२ रुपैयाँ, सानो भारतीय ९६.२५ रुपैयाँ र सानो तराईको ९१.२५ रुपैयाँ औसत मूल्य रहेको छ । रातो आलु न्युनतम प्रतिकेजी ३२ रुपैयाँ, अधिकतम ४० रुपैयाँ र औसतमा ३५.९० रुपैयाँ रहेको छ ।






