आज मंगलवार नेपाली बजारमा अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनियम दरअनुसार आज डलर, युरोको भाउ बढेको हो । आज अमेरिकी डलर १ को खरिददर १४३.१५ रुपैयाँ र विक्रीदर १४३.७५ रुपैयाँ कायम भएको छ । सोमवार अमेरिकी डलर १ को खरिददर १४२.५४ रुपैयाँ र बिक्रीदर १४३.१४ रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज युरोको भाउ पनि बढेको छ । आज युरो १ को खरिददर १६७.९८ रुपैयाँ र विक्रीदर १६८.६८ रुपैयाँ कायम भएको छ । हिजो युरो खरिददर १६६.११ रुपैयाँ र विक्रीदर १६७.६१ रुपैयाँ कायम भएको थियो ।






