• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन

नीतिप्रेस by नीतिप्रेस
January 8, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आफूले लिएको राजीनामाको निर्णय भाग्न र जिम्मेवारीबाट विमुख हुनका लागि नभएको स्पष्ट पार्नुभएको छ ।
बुधवार पदबाट राजीनामा दिनुहुँदै मन्त्री घिसिङले यस्तो बताउनुभएको हो । उहाँले राजीनामाको निर्णय आफ्नो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिवद्धताको निरन्तरता भएको बताउनुभयो । पदमा रहँदा मात्रै नभइ पदबाट बाहिर रहेर पनि देश र जनताको पक्षमा उभिनु नै साँचो कर्तव्य भएको जिकिर गर्नुभयो । पद भन्दा ठूलो मूल्य र सिद्धान्त हुने भन्दै उहाँले कुर्सी भन्दा माथि आत्मसम्मान हुने बताउनुभयो । उज्यालो पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा आफ्नो नाम उल्लेख भएको भएपनि उक्त सहमति हालसम्म कार्यान्वयनमा नआएको बताउनु भयो । आफ्नो समर्थन र सद्भाव रहँदा रहँदै पनि अहिलेसम्म आफूले कुनै राजनीतिक दलको सदस्यता नलिएको बताउनुभयो । राजनीतिक जीवनमा प्रवेश गरेपछि मात्रै राजनीतिक सदस्यता लिने आफ्नो स्पष्ट अडान रहेको उल्लेख गर्नुभयो । राजीनामा दिएपछि उक्त पदमा आफ्नो मान्छे नियुक्त गर्न दबाब दिएको भन्ने विषयमा नियोजित रुपमा भ्रामक समाचार प्रशारण गरिएको बताउनुभयो । सत्य सधैँ प्रचार भन्दा बलियो हुने जिकिर गर्नुभयो । पदमा रहँदै निर्वाचन लडेको इतिहास नेपालकै रहेको भन्दै आफूले मन्त्री हुँदा पद भन्दा जनतालाई प्राथमिकता दिएर काम गरेको दाबी गर्नुभयो । उहाँले छोटो समयमा पनि महत्वपूर्ण नीतिगत सुधारहरुको बलियो जग बसालेको बताउनुभयो । इमान्दार प्रयास गरे परिवर्तन सम्भव हुन्छ भन्ने आशा र विश्वास जनतामा जगाउन सकिएको जिकिर गर्नुभयो ।
मन्त्री घिसिङले सुशासनको जग बसाउन आफूहरु सफल भएको समेत बताउनु भयो । नविनतम यान्त्रिक प्रविधिको प्रयोग गरी सिंचाई सुविधाको व्यवस्था आफूले गरेको बताउनु भयो । उहाँले मन्त्रालयको जिम्मेवारी सम्हालेको १ सय १५ दिनपछि पदबाट राजीनामा दिएको बताउनु भयो ।

Previous Post

आसन्न राष्ट्रिय सभा निर्वाचनले मुलुकमा डेमोक्रेसी छ भन्ने आभास दिन्छः ओली

Next Post

निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भवः मन्त्री सिन्हा

Next Post

निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भवः मन्त्री सिन्हा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन