• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भारतको हिमाञ्चलमा भएको आगलागीबाट १० जनाको मृत्यु, ९ जना नेपाली मात्रै

नीतिप्रेस by नीतिप्रेस
January 14, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतको हिमाञ्चल प्रदेश राज्यको सोलन जिल्लामा भएको आगलागीमा ९ नेपालीसहित १० जनाको निधन भएको छ । घटनामा १ नेपाली महिला घाइते भएकी छन् भने १८ नेपाली ज्यान जोगाउन सफल भएका छन् । हिमाञ्चल प्रदेशको सोलन जिल्लाअन्तर्गत नगर पञ्चायत अर्कीको वार्ड नम्बर ६ मा उक्त दुर्घटना भएको हो । आगलागीमा पाँचवटा भवन र आठवटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगलागीमा परेका सबै नेपालीहरु कर्णाली प्रदेशको सल्यान जिल्लाका बासिन्दा भएको बताइएको छ । ज्यान गुमाउनेमा ३३ वर्षका धनबहादुर विक, उनकी ३० वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, ११ वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा रेञ्जन विक रहेका छन् भने ४२ वर्षका काशिराम विक, उनकी ३० वर्षकी श्रीमती टिका विक, ८ वर्षीया छोरी अनु विक र ६ वर्षीय छोरा सञ्जयको पनि निधन भएको छ । उनीहरू सल्यान जिल्ला शिवकुम्भ गाँउपालिका २, टाकुरा निवासी हुन् ।
प्राप्त जानकारी अनुसार सबैभन्दा पहिले एउटा पाँचतले काठको भवनको माथिल्लो तलाबाट आगलागी शुरु भएको थियो । उक्त भवनमा कम्तीमा २७ जना नेपालीहरु बस्दै आएका थिए । राति जाडोका कारण उनीहरूले गुँइठा बालेर कोठाभित्र राखेको र त्यहीबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ । काठको संरचना भएका कारण आगो तिब्र गतिमा फैलिँदै छेउछाउका अन्य पाँच भवनमा समेत फैलिएको थियो । आगलागीका क्रममा एकपछि अर्को गर्दै ग्यास सिलिन्डर विस्फोट हुँदा करिब नौ पटक ठूलो आवाज आएको स्थानीयले बताएका छन् । सूचना पाएलगत्तै बिहान करिव साढे ४ बजे अग्निशमन विभागका चार टोली घटनास्थलमा पुगेका थिए। अर्की फायर स्टेशनसँगै बनलगी, बालूगञ्ज (शिमला) र अम्बुजाबाट आएका दमकल गाडी, एनडीआरएफ, प्रशासनिक टोली तथा स्थानीयवासीहरूको सहयोगमा करिब नौ घण्टापछि दिउँसो डेढ बजे आगो नियन्त्रणमा लिइएको हो । घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई प्रारम्भिक राहतस्वरूप २५–२५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

Previous Post

जलवायुजन्य प्रकोपको उच्च जोखिमका विद्यालयहरु उत्थानशीलतामा अग्रसर

Next Post

महामन्त्रीहरुलाई देउवाले भनेः पार्टी टिकटमा मेरो हस्ताक्षरमा समस्या भए तपाईंहरु नै गर्नुस् तर पार्टी एकीकृत होस्

Next Post

महामन्त्रीहरुलाई देउवाले भनेः पार्टी टिकटमा मेरो हस्ताक्षरमा समस्या भए तपाईंहरु नै गर्नुस् तर पार्टी एकीकृत होस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन