• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पर्याप्त उर्जा बिना विकास सम्भव छैनः उपराष्ट्रपति यादव

नीतिप्रेस by नीतिप्रेस
January 18, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्याप्त उर्जा बिना विकास सम्भव नरहेको बताउनुभएको छ ।
२६ औं इप्पान दिवसका अवसरमा आईतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उर्जा आत्मनिर्भरता नेपालको आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनु भयो । उहाँले उर्जा क्षेत्रलाई सबल बनाउनु सबैको साझा जिम्मेवारी भएको बताउनु भयो । पर्याप्त र सस्तो उर्जा उपलब्ध भए उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रहरुमा तिब्र विकास सम्भव रहेको बताउनु भयो । उहाँले पर्याप्त र सस्तो उर्जाले रोजगारी सिर्जना, आर्थिक समृद्धि, सुनिश्चित गर्दै मुलुकलाई समुन्नत विकासतर्फ अघि बढाउने बताउनु भयो । ग्रामिण तथा दुर्गम क्षेत्रमा उर्जा विस्तार गर्नु भनेको सामाजिक न्याय, समान अवसर सुनिश्चित गर्नु रहेको बताउनु भयो । उपराष्ट्रपति यादवले नेपालले नविकरणीय उर्जामा लगानी बढाएर क्षेत्रीय उर्जा व्यापारमा अग्रणी भुमिका खेल्नसक्ने र भारत, बंगलादेश लगायतका छिमेकी मुलुकहरुलाई उर्जा निर्यात गरेर नेपालले आर्थिक लाभ मात्र नभइ कुटनीतिक सम्बन्ध पनि सफल बनाउने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उर्जा आत्मनिर्भरता नेपालको आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो । पर्याप्त उर्जा बिना विकास सम्भव छैन । त्यसैले उर्जा क्षेत्रलाई सबल बनाउनु हाम्रो साझा जिम्मेवारी हो । पर्याप्त र सस्तो उर्जा उपलब्ध भए उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रहरुमा तिब्र विकास सम्भव हुन्छ । यसले रोजगारी सिर्जना, आर्थिक समृद्धि, सुनिश्चित गर्दै मुलुकलाई समुन्नत विकासतर्फ अघि बढाउँछ । नविकरणीय उर्जाको विस्तारले कार्बन उत्सर्जन घटाउँछ । वातावरणीय सन्तुलन कायम राख्छ र जलवायु परिवर्तनका चुनौतिहरु सामना गर्न मद्दत पुग्छ । ग्रामिण तथा दुर्गम क्षेत्रमा उर्जा विस्तार गर्नु भनेको सामाजिक न्याय, समान अवसर सुनिश्चित गर्नु हो । नेपालले नविकरणीय उर्जामा लगानी बढाएर क्षेत्रीय उर्जा व्यापारमा अग्रणी भुमिका खेल्नसक्छ । भारत, बंगलादेश लगायतका छिमेकी मुलुकहरुलाई उर्जा निर्यात गरेर नेपालले आर्थिक लाभ मात्र होइन, कुटनीतिक सम्बन्ध पनि सफल बनाउन सक्छ ।
उपराष्ट्रपति यादवले निजी क्षेत्रलाई उर्जा उत्पादनमा सहभागी गराएर राष्ट्रिय विकासलाई गतिशिल बनाउन आवश्यक रहेको बताउनु भयो । नेपाल जलविद्युत तथा नविकरणीय उर्जामा धनी देश भएको उल्लेख गर्नुहुँदै यसको सदुपयोग गरी उर्जा आयातमा निर्भरता घटाउनुपर्ने बताउनु भयो ।

Previous Post

सरकार निजी क्षेत्र र नागरिकको सहकार्यबाट उर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिन्छः मन्त्री सिन्हा

Next Post

शोक प्रश्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक

Next Post

शोक प्रश्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन