• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेकपा कास्की उम्मेदवार भन्छन् : जनताको उत्साहजनक साथ छ

नीतिप्रेस by नीतिप्रेस
February 3, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कास्कीमा तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारले आफूहरूले जनताको उत्साहजनक साथ पाएको जनाएका छन् ।

आ–आफ्नो क्षेत्रमा भेटघाट, घरदैलोमा व्यस्त उनीहरूले यस्तो बताएका हुन् ।

कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण)ले जनताको भरोसा नेपाली कम्युनिष्ट पार्टी र आफूहरूमा रहेको पाएको बताए । उनले जनताले घरदैलो र टोलमा उत्साहजनक रूपमा स्वागत गर्दै अपेक्षा प्रकट गरिरहेको जानकारी दिए ।

“जनतामा हाम्रो पार्टी र हामीप्रति भरोसा छ । यो भरोसालाई कायम राख्दै उहाँहरूको सुख–दुःखमा सहभागी हुन्छौं,” उनले भने ।

कास्की क्षेत्र नम्बर २ का उम्मेदवार किरण थापा (आमोद)ले कास्कीमा कसैको गढ भन्ने नरहेको बताए । पुराना गढहरू भत्किएको र जनताले संविधानको रक्षा र परिवर्तनको एजेन्डा बोकेको नेकपासँग धेरै अपेक्षा राखेको पाएको सुनाए । उनले भने, “कास्कीमा कसैको गढ भन्ने छैन, पुराना भनिएका गढहरू भत्किएका छन् । जनताले संविधानको रक्षा गर्ने र राष्ट्रको समृद्धिका लागि एजेन्डा भएको दल खोजेका छन् । त्यो भनेको नेकपा नै हो ।”

कास्की क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार गोपाल गिरीले जनताले आफूहरूका सेवा गर्ने उत्कृष्ट विचार भएको दल र उम्मेदवार खोजेको बताए । त्यसका लागि भरोसायोग्य पार्टीका रूपमा नेपाली कम्युनिष्ट पार्टी र पात्रका रूपमा त्यसका उम्मेदवारलाई विश्वास गरेको उल्लेख गरे । “जनताले उत्कृष्ट विचार भएको दल खोजेका छन्,” उनले भने ।

कास्की क्षेत्र नम्बर ३ मा मंगलबार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गोपाल गिरी र समानुपातिक उम्मेदवार कृष्ण नेपालीसहित अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सम्पर्क कार्यालय स्थापनासँगै घरदैलो कार्यक्रम छ ।

कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार किरण थापा (आमोद), समानुपातिक उम्मेदवार ज्ञान आचार्यसहितका नेता, कार्यकर्ता पोखरा महानगरको वडा नम्बर २१ मा घरदैलोमा छन् ।

यसैगरी कास्की क्षेत्र नम्बर १ मा नेकपाका प्रत्यक्षतर्फका उम्मेदवार राजकाजी गुरुङ (करण), समानुपातिक उम्मेदवारहरू दिलु पन्त र सोमति गुरुङसहित नेता, कार्यकर्ता मादीको वडा नम्बर ४ मा घरदैलोमा छन् ।

Previous Post

संविधानले प्रदान गरेको नागरिकको  जमिन र आबासको हक कार्यान्वयन गर्न आवाज बुलन्द पार्छु।- एमाले कास्की दुइका उम्मेदवार आचार्य

Next Post

जनताको घरदैलोमा एसबी थापा

Next Post

जनताको घरदैलोमा एसबी थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन