तनहुँ–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका
सोमबहादुर थापा (एसबी) जनताको घरदैलोमा पुगिरहेका छन् । जनताको
सुझाव संकलन, गुनासा सुन्न र मत माग्दै उनी घरदैलो गरिरहेका हुन् ।
मंगलबार उनी म्याग्दे गाउँपालिकाका विभिन्न गाउँमा पुगेर जनतासँग
साक्षत्कार गरे । म्याग्देको थर्पु बजारबाट सुरु भएको उनको घरदैलो
घुम्ती, मिजेथुम, भावर, माझीलाबका वस्तीमा पुगेर स्थानीयसँग
अन्तरक्रिया गरे । मिलीजुली सामुदायीक वनका उपभोक्तासँगै वनमै
साक्षत्कार गर्दै आफ्ना योजना सुनाएर मत मागे ।
मंगलबार विहान थर्पु बजारमा निर्वाचन सम्पर्क कार्यालयसमेत उद्घाटन
गरिएको छ । कार्यालय उद्घाटनमा बोल्दै उम्मेदवार थापाले जेन–जी र
जेन–जी इतर दुवैको माग सम्बोधन गर्न सक्ने उम्मेदवार भएकाले
जनताले मत दिने बताए । भूगोल र जनताको मुद्वा सम्बोधन गर्नलाई
जनताले संसदनमा पठाउने उनको भनाइ छ ।
।।।भूगोल चिनेको, जनताको मुद्वाको बुझेको व्यक्ति हुँ । अहिलेका
सबै उम्मेदवारलाई पनि मेरो सम्मान छ । उहाँहरुको एजेन्डालाई
समेत लिएर काम गर्ने हो’, उनले भने । शुसासन, पारदर्शिता र
इमानदारिताको सवालमा आफू कहिल्यै नचुक्ने उनले बताए । पूर्ण
समानुपातिक र प्रत्यक्ष कार्यकारी निर्वाचित प्रणालीको सवालमा नेपाली
कम्युनिस्ट पार्टी निरन्तर लागेको उनको भनाइ छ ।
मंगलबार साँझ उम्मेदवार थापाको सम्पर्क कार्यालय म्याग्देको
जामुने बजारमा उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आशा कोइरालाले स्थानीय
उम्मेदवारले स्थानीय मुद्वा शसक्त ढंगले उठाउन सक्ने बताइन् ।
घरदैलोमा जनताले दिएको प्रतिक्रियाले जित निश्चित भएको उनले
सुनाइन् ।






