Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रतिभा सुपर कप क्रिकेट : लगातार दुई खेल जित्दै बाल मन्दिर सेमीफाइनलमा, वाराहीको पहिलो जित

नीतिप्रेस by नीतिप्रेस
February 4, 2026
in खेलकुद समाचार
0
प्रतिभा सुपर कप क्रिकेट : लगातार दुई खेल जित्दै बाल मन्दिर सेमीफाइनलमा, वाराहीको पहिलो जित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा बाल मन्दिर मावि सेमीफाइनल प्रवेश गरेको छ । प्रतिभा माविको आयोजना पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग तथा समन्वयमा भइरहेको प्रतियोगितामा वाराही माविले भने पहिलो जित दर्ता गरेको छ । समूह ‘डी’ अन्तर्गत लिग चरणको पहिलो खेलमा ग्लोबल कलेजियटलाई ६ विकेटले पराजित गरेको बाल मन्दिरले बुधबार भएको आफ्नो दोस्रो खेलमा डायमण्ड माविलाई ७० रनको फराकिलो अन्तरले पराजित गर्दै कुल ४ अंकसहित सेमीफाइनल यात्रा सुनिश्चित गरेको हो । यस समूहमा रहेका डायमण्ड मावि र ग्लोबल कलेजियट जितविहीन् छन् । यी दुई टोलीको लिग चरणको अन्तिम खेल बुधबार सान्त्वना जितका लागि खेल्नेछन् ।

प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा नेपाल भारत मैत्री विद्यालयलाई पराजित गर्दै वाराही माविले सेमीफाइनल पुग्ने आशा जिवितै राखेको छ । समूह ‘सी’ अन्तर्गत भएको पहिलो खेलमा प्रतिभा माविसँग ३ विकेटले पराजित वाराही माविले मंगलबारको खेलमा नेपाल भारत मैत्री विद्यालयलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । प्रतिभा मावि र वाराही माविको एक÷एक जित भएकाले अब सेमीफाइनल यात्रा सुनिश्चित गर्न माघ २२ गते यी दुई टोली आमनेसामने हुनेछन् ।

लगातार दोस्रो जित दर्ता गने क्रममा मंगलबार बाल मन्दिर माविले डायमण्ड माविलाई ७० रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर डायमण्डले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि व्याटिङमा आएको बाल मन्दिरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन बनायो । बाल मन्दिरका लागि अभिषेक क्षेत्रीले १८ बलमा २० रन, सुमन अधिकारीले २३ बलमा १५ र श्रीनिवास कठायतले २० बलमा १४ रनको योगदान दिए । बाल मन्दिरलाई ठूलो स्कोर हुनबाट रोक्ने क्रममा डायमण्डका मिलन पौडेलले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट तथा सुशांक तिवारीले ४ ओभरमा १३ रन खर्चेर १ विकेट हत्याए ।

१२७ रनको बिजय लक्ष्य पछ्याएको डायमण्ड मावि १३.३ ओभरमा सबै विकेट गुमाएर केवल ५६ रनमा समेटियो । बाल मन्दिरका बलरहरुसामु निरीह देखिएका डायमण्डका लागि अविरल पोखरेलले सर्वाधिक ३१ बलमा ३२ रन बनाउनुबाहेक अन्यको व्याट चलेन । अधिकांश खाता नखोली पेभेलियन फर्किदा सचिन तिमिल्सिनाले मुस्किलले १५ बलमा ६ रन बनाए । डायमण्डलाई सस्तैमा समेट्न बाल मन्दिरका सुमन अधिकारीले २.३ ओभरमा १७ रन खर्चेर ६ विकेट तथा श्रीनिवास कठायतले ३ ओभरमा ९ रन खर्चेर २ विकेट हत्याए ।

सो खेलमा व्याटिङमा १५ रन तथा ६ विकेट लिएका सुमन अधिकारी प्लेयर अफ द म्याच घोषित भए ।

मंगलबारको दोस्रो खेलमा वाराही माविले नेपाल भारत मैत्री विद्यालयलाई ३४ रनले हरायो । टस जितेर नेपाल भारत मैत्रीले फिल्डिङ गरेपछि पहिले व्याटिङमा उत्रिएको १८.२ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गर्यो । वाराहीका लागि ब्रिजेश भट्टराईले २५ बलमा १९ रन, सक्सेल तिमिल्सिनाले १३ बलमा १५ रन र अभिषेक अधिकारीले १८ बलमा ११ रनको योगदान दिए । नेपाल भारत मैत्री विद्यालयका रोसन अग्रवालले ४ ओभरमा १२ रन खर्चेर ५ विकेट र विराज गुप्ताले ४ ओभरमा २२ रन नै खर्चेर २ विकेट लिए ।

११० रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको नेपाल भारत मैत्रीले १५ ओभरमा सबै विकेट गुमाएर केवल ७५ रन मात्रै बनाउँदा पहिलो खेलमै पराजय बेहोर्नु पर्यो । नेपाल भारत मैत्रीका क्याम्मुदिनले २४ बलमा २३ रन र जरुण शर्माले १९ बलमा १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाल भारत मैत्रीलाई सस्तैमा समेट्न वाराही माविका विवेक सुनारले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट तथा सविन विकले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए ।

सो खेलमा ५ विकेट लिएका बिजयी वाराहीका खेलाडी विवेक सुनार प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा टप्स मावि र छोरेपाटन मावि तथा दोस्रो खेलमा डायमण्ड मावि र ग्लोबल कलेजियट मावि प्रतिष्पर्धामा उत्रिने छन् ।

Previous Post

जनताको घरदैलोमा एसबी थापा

Next Post

पश्चिम पृतनामा खेलकुद विकाससम्बन्धी एकदिने गोष्ठी सम्पन्न

Next Post
पश्चिम पृतनामा खेलकुद विकाससम्बन्धी एकदिने गोष्ठी सम्पन्न

पश्चिम पृतनामा खेलकुद विकाससम्बन्धी एकदिने गोष्ठी सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन