• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बेरोजगारी, भ्रष्टाचार र अराजकताका कारण गाउँ, सहर युवाविहीन हुँदै गएको भन्दै मतदाताले चिन्ता व्यक्त गरेका छन् ।

नीतिप्रेस by नीतिप्रेस
February 5, 2026
in राजनीति
0
बेरोजगारी, भ्रष्टाचार र अराजकताका कारण गाउँ, सहर युवाविहीन हुँदै गएको भन्दै मतदाताले चिन्ता व्यक्त गरेका छन् ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुम्दीभुम्दीमा मत माग्न गएका नेकपा कास्की ३ का उम्मेदवारसँग स्थानीयले युवालाई देशमै बस्ने वातावरण बनाउने अबको नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिए ।

कास्की क्षेत्र नम्बर ३ का नेकपाका उम्मेदवार गोपाल गिरीसँग उनीहरूले पुराना दलहरूको मनोमानी र जोरजबरजस्तीले जेनजी आन्दोलन भएको जनाउँदै अबको यात्राको नेतृत्व गर्न सक्नेलाई छान्ने बताएका थिए ।

उम्मेदवार गिरीले देशमा बस्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउँदै भने,
‘सुशासन र विकासको माध्यमबाट युवालाई नेपालमै बस्ने वातावरण मिलाउँछौं ।’

मतदाताले विजयी भएपछि फेरि अर्को चुनावमा नआउने प्रवृत्ति बदल्न आग्रहसमेत गरेका थिए ।

पोखरा–२२ खाल्सेमाका स्थानीयले गाउँमा बाँदर आतंकले बालीनाली लगाउने अवस्था नरहेको सुनाए । उम्मेदवार गिरीले बाँदर नियन्त्रणका लागि पनि आफूसँग योजना रहेको भन्दै सो योजना कार्यान्वयनका लागि पहल गर्ने वाचा गरे ।

यस्तै कास्की क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार राजकाजी गुरुङले घरदैलो र भेटघाट जारी राखे । नेकपाले पोखरा–२६ मा सम्पर्क कार्यालय स्थापना गरेको छ भने घरदैलो र भेटघाटलाई पनि निरन्तरता दिइरहेको चुनावी कमान्डर सोमती गुरुङले जानकारी दिइन् ।

कास्की २ का उम्मेदवार किरण थापा (आमोद) पनि घरदैलो कार्यक्रममा व्यस्त भए । पोखरा–२०, भलामको ठकरी टोल, भलाम एरिया, डाँडागाउँ, भण्डारीथर हुँदै वडा कार्यालयसम्मको क्षेत्रमा घरदैलोमा उनले स्थानीयका सुझावसमेत संकलन गरेका छन् ।

जनताको सुझावअनुसार नै विकासको खाका बनाउने योजना अन्तर्गत सुझाव संकलन गरिएको सो क्षेत्रका चुनावी कमान्डर खड्क हमालले जानकारी दिए ।

सो अवसरमा स्थानीयले महानगरमा भए पनि पोखरा–२० विकासको मामलामा बत्तीमुनिको अँध्यारोमा परेको गुनासो गरे । मुख्य बाटो पिच भएको तर घर जाने बाटोचाहिँ जोखिमपूर्ण रहेको भन्दै लक्ष्मी सुनारले भनिन्,
‘कतिबेला दुर्घटना हुने हो भन्ने पीर हुन्छ । हामी त पोखरामा भएर पनि विकासमा पछि परेको कर्णालीजस्तो भयौं ।’

Previous Post

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ : गनेस पौडेल

Next Post

रास्वपाद्वारा कास्की–२ को वडा २० मा सम्पर्क कार्यालय स्थापना

Next Post
रास्वपाद्वारा कास्की–२ को वडा २० मा सम्पर्क कार्यालय स्थापना

रास्वपाद्वारा कास्की–२ को वडा २० मा सम्पर्क कार्यालय स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन