आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २० भलाम रयालेचौरमा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
आइतबार एक कार्यक्रमको आयोजना गरी वडा २० मा सम्पर्क कार्यालय स्थापना गरिएको रास्वपा कास्की क्षेत्र नम्बर २ को सचिवालयले जनाएको छ । रास्वपाका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा उक्त कार्यालय स्थापना गरिएको हो ।
सम्पर्क कार्यालय स्थापनाको अवसरमा निर्वतमान सांसद शिव नेपाली, केन्द्रीय सदस्य मोहन जङ्ग थापा, रास्वपा नेता एवं पूर्व मन्त्री कुमार खड्का, उम्मेदवार उत्तम पौडेल, निर्वाचन कमाण्डर दिपेन्द्र पोखरेल लगायत केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा उम्मेदवार पौडेलले कास्की क्षेत्र नम्बर २ को समग्र विकासमा जनताको सहभागिता र उत्तरदायी नेतृत्वबाट मात्र सम्भव हुने बताउँदै कास्की–२ का मतदातासँग परिवर्तनका लागि साथ दिन आग्रह गरेका छन् । यसै बीच उम्मेदवार पौडेलले निरन्तर क्षेत्र नम्बर २ का जनता सँग छलफल, अन्तरक्रिया र सुझाव संकलन गरिरहेका छन् ।






