• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

डायमण्डमा त्रिदिवसीय वार्षिकोत्सव सुरु

नीतिप्रेस by नीतिप्रेस
February 6, 2026
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तालचोकस्थित डायमण्ड सेकेन्डरी स्कूलमा“Read Today, Lead Tomorrow” भन्ने मूल नारासहित पठन महोत्सव २०८२ बाट सुरु हुने तीन दिने शैक्षिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम विहीबारदेखि सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा पठन महोत्सव, डायमण्ड मेला (Food, Education & Fun) तथा ३८औँ वार्षिक उत्सव समेटिएको छ। विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमता उजागर गर्ने उद्देश्यले विद्यालयले कार्यक्रम आयोजना गरेको हो।
पहिलो दिन पठन महोत्सव २०८२ औपचारिक उद्घाटन समारोहसहित
सुरु गरिएको थियो, जहाँ राष्ट्रगान, विद्यालय प्रार्थना, ध्यान, १० मिनेटको सामूहिक “Read Aloud Session” आयोजना गरिएको थियो।

पहिलो दिनको प्रमुख आकर्षणका रूपमा प्रख्यात साहित्यकार डा। नवराज लम्सालको Book Talk Show तथा Panel Discussion सम्पन्न भयो भने शिव त्रिपाठीद्वारा कविता वाचन कार्यक्रमको विशेष आकर्षण बनेको थियो। यसै दिन कक्षा स्तरअनुसार पुस्तक समीक्षा, कविता वाचन, परियोजना प्रस्तुति, समाचार वाचन, भाषा खेल, समूह वाचन तथा अभिभावक अनुभव आदान–प्रदान जस्ता गतिविधिहरू विद्यालयका विभिन्न स्थानहरूमा Parallel Session मार्फत सञ्चालन गरिएका थिए।

विद्यालयका प्राचार्य यमबहादुर रोक्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुप्रसिद्ध आख्यानकार कपिलदेव लामिछाने, समालोचक तथा साहित्यिक स्रष्टा कृष्णशरण उपाध्याय, समकालीन छन्द कवि शिव त्रिपाठीलगायत वक्ताहरूले सिकाइको कुनै सीमा नहुने बताउँदै विद्यार्थीहरूका लागि वैज्ञानिक कार्यप्रणाली र बालमैत्री वातावरणमा ध्यान दिनुपर्ने सुझाव व्यक्त गरेका थिए ।

नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि छुट्टै कार्यक्रम र कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि अर्को कार्यक्रम सञ्चालन गरिएको थियो । विशेष गरी विद्यार्थीहरूमा पढाइप्रति सकारात्मक वातावरण सृजना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका निर्देशक माधवशरण उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम सञ्चालन शिक्षक प्रदीप पोखरेल, कविता गुरुङ र हरियामा गुरुङले गरेका थिए ।

कार्यक्रम संयोजक अनुराधा शर्माले पढाइ महोत्सवका बारेमा जानकारी गराएको उक्त कार्यक्रममा व्यवस्थापक हरिप्रसाद लामिछाने र शैक्षिक प्रमुख इञ्जिनियर सञ्जीव थापालगायत वक्ताहरूले डायमण्डले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन Food, Education & Fun  लाई एकै ठाउँमा समेटिएको डायमण्ड मेला २०८२ आयोजना गरिनेछ, जसमा ब्यान्ड प्रस्तुति, शैक्षिक स्टल, विद्यार्थीहरूको सिर्जनात्मक सामग्री र ठूलो मेला मुख्य आकर्षण रहनेछन्। त्यस्तै तेस्रो दिन ३८औँ वार्षिक उत्सव अन्तर्गत विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम, नाटक, नृत्य, गायन तथा विशेष प्रस्तुति आयोजना गरिनेछ। विद्यालय प्रशासनका अनुसार विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखी उनीहरूमा रहेको आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमता विकास गर्न यस्ता कार्यक्रम आवश्यक छन्।

Previous Post

प्रा.डा. बुद्धिबहादुर थापा एफआईसीपी उपाधिबाट सम्मानित

Next Post

नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने

Next Post

नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन