• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रतिभा सुपर लिग क्रिकेट : प्रतिभा मावि सेमीफाइनलमा, गुरुकुल र मदरल्याण्डको छिनोफानो भोलि लाग्ने

नीतिप्रेस by नीतिप्रेस
February 6, 2026
in खेलकुद समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आयोजक प्रतिभा मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा–३ नदीपुरस्थित प्रतिभा माविद्वारा आयोजित प्रतियोगितामा आयोजक प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गर्ने तेस्रो विद्यालय बनेको हो । यसअघि बाल मन्दिर मावि र छोरेपाटन मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सेमीफाइनलमा पुग्न अब एक टिम मात्रै बाँकी छ । जसमा गुरुकुल मावि र मदरल्याण्ड सेकेण्डरी प्रतिष्पर्धामा छन् । जसको छिनोफानो शुक्रबार हुने यी दुई विद्यालय बीचको प्रतिष्पर्धाबाट हुनेछ । दुबै विद्यालयले एक÷एक खेल जितेकाले शुक्रबारको खेल जित्ने विद्यालय सेमीफाइनलमा प्रवेश गर्नेछ भने पराजित विद्यालय प्रतियोगिताबाट बाहिरिने छ ।

प्रतियोगिता अन्तर्गत विहीबार भएको खेलमा प्रतिभा माविले नेपाल भारत मैत्री विद्यालयलाई ८४ रनले पराजित गर्यो । पहिलो खेलमा वाराही माविलाई ३ विकेटले पराजित गरेको प्रतिभा मावि लगातार दुई खेल जित्दै प्रतियोगिताको सेमीफाइनलमा पुगेको हो ।

शुक्रबारको खेलमा टस जितेर पहिले व्याटिङ रोजेको प्रतिभा माविले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेटको क्षेतीमा १४० रनको योगफल तयार गर्यो । चुनौतिपूर्ण लक्ष्य बनाउने क्रममा प्रतिभाका सहबुदिन अन्सारीले ४८ बलमा अर्ध सतकसहित ६१ रन, मिसन विकले २४ बलमा २१ रन र सफल थापाले २६ बलमा २० रनको योगदान दिए ।

प्रतिभा माविलाई विशाल स्कोर हुनबाट रोक्न नेपाल भारत मैत्री विद्यालयका समी उल्लाह आलमले ४ ओभरमा २० रन खर्चेर २ विकेट, विवेक कुमारले ४ ओभरमै १६ रन खर्चेर २ विकेट तथा सत्यानन्द उपाध्यायले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए ।

१४१ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको नेपाल भारत मैत्री विद्यालय ११ ओभरमा सबै विकेट गुमाएर ५६ रनमा सिमित रह्यो । प्रतिभा माविका बलरहरुसामु नेपाल भारत मैत्री विद्यालयका प्रायः सबै व्याटर निरीह देखिए । नेपाल भारत मैत्री विद्यालयलाई सस्तैमा समेट्न प्रतिभाका निश्चल दाहालले २ ओभर बलिङ गर्दै ९ रन खर्चेर ५ विकेट हत्याए भने सफल थापाले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट तथा सफल श्रेष्ठले २ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिए ।

सो खेलमा बिजयी प्रतिभा माविका ५ विकेटधारी निश्चल दाहाल प्लेयर अफ दी म्याच घोषित भए ।

शुक्रबार भएको अर्को खेलमा गुरुकुल सेकेण्डरीले जनप्रिय माविलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गर्ने आशा जिवितै राखेको छ । टस जितेर जनप्रिय माविले बलिङ रोजेपछि पहिले व्याटिङ गरेको गुरुकुलले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेटको क्षेतीमा १४४ रन बनायो । गुरुकुलका लागि विवेक अधिकारीले ३७ बलमा ४१ रन, सुदीप सुनारले १५ बलमा २६ रन र एलोन भट्टले २८ बल सामना गर्दै २४ रनको योगदान दिए । गुरुकुललाई विशाल योगफल बनाउनबाट रोक्ने क्रममा जनप्रियका हेमराज प्रसाद उपाध्यायले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर २ विकेट, मौषम भट्टराईले ४ ओभरमा २५ रन खर्चेर २ विकेट तथा सम्राट क्षेत्रीले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिए ।

१४५ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको जनप्रिय मावि ८.३ ओभरमा सबै विकेट गुमाएर केवल ३४ रनमा समेटियो । जनप्रियको ईनिङमा सन्देश स्याङ्तानले १४ बलमा १० रन बनाउनुबाहेक अन्यको व्याट चलेन ।

जनप्रियलाई सस्तैमा समेट्न गुरुकुलका सुदीप सुनारले २.३ ओभरमा २ रन खर्चेर ३ विकेट, हेमन्त नेपालीले १ ओभरमा ४ रन खर्चेर २ विकेट तथा प्रमिस गैह्रेले २ ओभरमा ७ रन खर्चेर २ विकेट हत्याए ।

सो खेलमा गुरुकुलका सुदीप सुनार प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा मदरल्याण्ड र गुरुकुल तथा दोस्रो खेलमा कुमुदिनी होम्स र टप्स मावि प्रतिष्पर्धामा उत्रिनेछन् । शुक्रबारको खेलसँगै सेमीफाइनल समीकरण पूरा हुनेछ ।

Previous Post

श्रृङ्खलाबद्ध चोरीमा संलग्न मानिस नियन्त्रणमा

Next Post

पश्चिमा समाज नेपालले रास्वपालाई सघाउने

Next Post

पश्चिमा समाज नेपालले रास्वपालाई सघाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन